‘व्यावसायिक वातावरण निर्माणमा सरकार प्रतिबद्ध छ’
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले मुलुकमा व्यावसायिक वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध र क्रियाशील रहेको बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घको २७औँ वार्षिकोत्सवका अवसरमा शनिबार साँझ आयोजित कार्यक्रममा उनले जेनजी आन्दोलनका कारण खस्किएको व्यवसायीको मनोबल उकास्न सरकारले योजनाबद्ध काम गरिरहेको बताए ।
सचिव घिमिरेले आपूर्ति व्यवस्थापनलाई सहज बनाउनका लागि सरकारले नीतिगत क्षेत्रमा सुधारका महत्वपूर्ण काम गरिरहेको उल्लेख गरे ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक डा चण्डिकाप्रसाद भट्टले निगम व्यवसायीसँग सहकार्य र समन्वय गरेर अगाडि बढ्न चाहेको बताए । उनले पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउनका लागि आयल निगम प्रयासरत रहेको उल्लेख गरे ।
नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्द, पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले भारतबाट ग्यास आयतका लागि पाइपलाइन विस्तार गर्नुपर्नेमा जोड दिए ।
नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र्रराज पाण्डे, नेपाल उद्योग वाणिज्य महासङघका उपाध्यक्ष सुरकृष्ण वैद्यलगायतले व्यवसायीले भोग्नुपरेका समस्या सरकारले विस्तारै सम्बोधन गर्दै लैजानुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र चुहावट विरुद्ध भारतमा युवा आन्दोलन चर्कियो
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण