ओली लक्षित रविको टिप्पणी : पार्टीको चुनाव जितेजस्तै आम चुनाव जिते भइगो नि
सारांश
- रास्वपाका सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा सरकारलाई साथ दिने प्रतिबद्धता जनाए।
- उनले जेनजीको माग पुरा गर्ने र सुशासन कायम गर्ने सर्तमा सरकारलाई समर्थन गर्ने बताए।
- लामिछानेले निर्वाचन बिथोल्न खोज्ने शक्तिहरूमाथि आरोप लगाए र चुनावको वातावरण बिगार्न नहुने कुरा गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनको पक्षमा आफूहरू सरकारको साथमा रहेको प्रतिबद्धता जनाएका छन् । जेलबाट रिहाइ भएपछि आइतबार केन्द्रीय कार्यालय वनस्थली पुगेका उनले जेनजीको माग पुरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने प्रतिबद्धता जनाएका हुन् । उनले निर्वाचनमा जानुको विकल्प नभएको पनि दोहोर्याएका छन् ।
‘निर्वाचनमा जानुको विकल्प छैन । साथै जेनजीले उठाएका माग पुरा गर्नुको पनि विकल्प छैन । जेनजीको माग पुरा गर्ने, सुशासन खडा गर्ने र निर्वाचन गराउने विषयमा सरकारले एक्लै छु भन्नुपर्दैन ।
रास्वपा उभिएको छ’, उनले भने, ‘तर सरकारले यो पनि बुझ्नुपर्छ कि यो निशर्त होइन । हामीले स्वार्थ बोकेका छैनौँ । जुन उद्देश्यका लागि कलिला भाइबहिनीहरूले ज्यान गुमाए । त्यसलाई बिर्सन पाइँदैन । त्यो सँगै निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।’
उनले भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेको आरोप समेत लगाए । उनीहरू आफ्नै मान्छे खटाएर घटना घटाउने काममा लागेको उनले जिकिर गरे ।
‘भागेका केही शक्तिहरू निर्वाचन बिथोल्न लागेका छन् । सानातिना घटना घटाउन पनि उनीहरू पछि पर्दैनन् । आफ्नै मान्छे खटाउने, घटना घटाउने अनि निर्वाचन वातावरण बिग्रियो । सरकारले सम्हाल्न सकेन भनेर यसो मुन्टो निकाल्दै छन् । मुन्टो निकाल्नु पर्दैन । चुनावको वातावरण बिगार्नु पर्दैन । पार्टीको चुनाव जिते झैँ आम चुनाव पनि जिते भइगो’, एमालेका अध्यक्ष केपी ओली लक्षित गर्दै उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण