मातृभूमि कप बास्केटबल सम्पन्न
भक्तपुर । मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि आयोजक मातृभूमि ‘ए’ र चिल्ड्रेन छात्रातर्फ बौद्ध चिल्ड्रेन हेभेन स्कुलले जितेका छन् ।
सानोथिमीस्थित घरेलु कोर्टमा भएको आजको फाइनल खेलमा मातृभूमि ‘ए’ का आभास राउतले १८ अङ्क जोडदै आफ्नै ‘बी’ टिमलाई ५६–२४ अङ्कले पराजित गर्दै मातृभूमि ‘ए’ च्याम्पियन बनेको हो ।
त्यस्तै छात्रातर्फ फाइनल प्रतिस्पर्धामा बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ अङ्क जोड्दै चेल्सी वल्र्ड स्कुललाई ३४–२८ अङ्कले पराजित गरि उपाधि जित्यो ।
फाइनल प्रतिस्पर्धामा सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन आ–आफ्नो विधामा उत्कृष्ट खेलाडी घोषित भए । छात्रतर्फ मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा छात्रातर्फ मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिइन् ।
छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रातर्फ चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता घोषित भए । छात्रमा प्यारागन पब्लिक र छात्रातर्फ केएमसी अनुशासित टोली घोषित भए ।
उनीहरुलाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले आज पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण