८ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता
सिरहा । सिरहामा ८ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) सिरहाको आयोजनामा सोमबारदेखि सुरु हुने प्रतियोगिताबारे आज आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
एन्फा सिरहाका संयोजक सरोजकुमार आलेले प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै खेलाडीको प्रतिभा पहिचान तथा विकास गर्नु रहेको बताए । उनले भने, “विद्यालयस्तरमै खेलाडीको क्षमता उजागर गर्ने लक्ष्यसहित जिल्लाका ६ विद्यालयमा ग्रासरुट प्रशिक्षण सञ्चालन गरिएको थियो । विभिन्न कारणले रोकिएको प्रतियोगिता आठ वर्षपछि पुनः सञ्चालन हुन लागेको हो ।”
प्रतियोगिताको मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुल रहेको छ । खेलहरू लहान नगरपालिका–१० स्थित खुला खेल मैदानमा सञ्चालन हुनेछन् । प्रतियोगितामा जम्मा १० टोली सहभागी हुनेछन् भने कूल १५ खेल खेलाइनेछ, जसमध्ये पाँच खेल छात्रातर्फका रहने आयोजकले जनाएको छ ।
मुख्य प्रायोजक लहान मेरी चिल्ड्रेन एकेडेमी स्कुलका प्रबन्धक आयुश हमाल ठकुरीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए। उनले आठ वर्षपछि सञ्चालन हुन लागेको यस प्रतियोगिताले बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
विद्यालय फुटबल सङ्घका पूर्वाञ्चल अध्यक्ष तथा राष्ट्रिय ह्यान्डबल सङ्घका पूर्वकेन्द्रीय सदस्य पाण्डव हमाल ठकुरीले प्रतियोगिताले जिल्लाको खेल विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
खेल आयोजकका अनुसार, सोमबार लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले प्रतियोगिताको उद्घाटन गर्नेछन् भने पुस १२ गते युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले समापन गर्नेछन् । प्रतियोगिताको विजेताले रु १० हजारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण