सेयर कर्जाका लागि ग्लोबल आईएमईले ल्यायो नयाँ प्लेटफर्म, अनलाइनबाटै आवेदन दिन मिल्ने
सारांश
- ग्लोबल आइएमई बैंकले सेयर धितो कर्जाको लागि 'फास्ट लोन अगेन्स्ट सेयर' प्लेटफर्म सार्वजनिक गरेको छ।
- यस प्लेटफर्ममार्फत सेयर धितो राखेर अनलाइनबाटै कर्जाको लागि आवेदन दिन सकिनेछ।
- न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्मको कर्जा सीमा तोकिएको छ र ३१ शाखाबाट यो सुविधा उपलब्ध हुनेछ।
काठमाडौँ । ग्लोबल आइएमई बैंकले 'फास्ट लोन अगेन्स्टसेयर' प्लेटफर्म सार्वजनिक गरेको छ । यसअन्तर्गत इच्छुक सेयर लगानीकर्ताहरूले अनलाइनबाट सेयर धितो कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले सार्वजनिक गरेको यस डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूले आफूसँग भएको सेयरहरू धितो राखी सरल प्रक्रियाबाटै सेयर धितो कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यो प्लेटफर्म प्रयोग गरी ग्राहकले कर्जाको आवेदन दिन र आवश्यक कागजातहरू बुझाउन सक्नेछन् । ग्राहकहरूले कर्जा स्वीकृति अवधिसम्ममा एक पटक मात्र बैंकको शाखा कार्यालय उपस्थित भएर आवश्यक कागजपत्रमा हस्ताक्षर गर्नुपर्नेछ ।

यस प्रक्रियामा अनलाइन आवेदन पूरा गरेपछि आवेदकले निवेदनको अवस्थाको बारेमा आफैँले जानकारी लिन समेत सक्नेछन् ।
यो सेयर धितो कर्जाको सीमा हालका लागि न्यूनतम ५ लाख देखि अधिकतम ५० लाखसम्म तोकिएको छ ।
यो कर्जाको निमित्त धितोको रूपमा स्वीकार गरिने सेयरहरू निवेदक स्वयमको हुनु पर्नेछ । निवेदक बाहेक अन्य व्यक्तिको सेयरहरू धितोको रूपमा स्वीकार नगरिने बैंकले जनाएको छ ।
यो सुविधा बैंकका ३१ वटा शाखा कार्यालयबाट उपलब्ध हुने बैंकले जनाएको छ । तसर्थ, कर्जा लिन अनलाइन आवेदन दिँदा आफूलाई पायक पर्ने शाखा कार्यालय छनौट गरी स्वीकृतिपछि गएर सहीछाप गरिसकेपछि कर्जा दिइने जनाइएको छ ।
यो सुविधा बैंकको डिजिटल युनिभर्समा पनि उपलब्ध रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
-
जातीय भेदभावविरुद्धको दिवस उत्सव नभई प्रतिबद्धता बन्नुपर्छ : आङ्देम्बे
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण