विभिन्न पार्टीका नेता-कार्यकर्ता आजपा प्रवेश
सिरहा । जिल्लामा क्रियाशील विभिन्न पार्टीका नेता-कार्यकर्ता आजपामा प्रवेश गरेका छन् । धनगढीमाई बजारमा आम जनता पार्टी (आजपा)ले आयोजना गरेको सिरहा क्षेत्र नं. २ को क्षेत्रीय भेलामा नेताहरुले आ–आफ्नो पार्टी परित्याग गर्दै आजपामा प्रवेश गरेका हुन् ।
नवप्रवेशीलाई सोमबार आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका, माला लगाएर पार्टीमा स्वागत गरे।
सिरहा क्षेत्र नं. २ को ख बाट मधेस प्रदेश सभाका प्रत्यासी एवं जनमत पार्टीका नेता बिनोद चौधरी, गोलबजार नगरपालिकाका मेयर प्रत्यासी एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता रामऔतार यादव सहितका नेताहरु आजपामा प्रवेश गरेका छन् ।
विभिन्न पार्टीमा आबद्ध नेताहरुका साथै स्वतन्त्र अभियन्ताहरुले समेत आजपामा प्रवेश गरेका छन् । सिरहाका मिथिलेस सिंह, जयप्रकाश, हरिदेव बाब, रामानन्द झा, विलोक्षण साह, रामान्द साह, गिरजा महतो, गुन्जा साह, नेपाली साह महात्मा, बैजनाथ चौधरी, धनेश्वरी देवी दास, सुरजकुमार सिंह, चन्दन सिंह, शारदादेवी महतो, सोनिता सिंह, जवित्रि साफी, ललित साह, फुलदेवी मण्डल, शिलादेवी राय लगायतकाले पार्टीमा प्रवेश गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलजलाको लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
अव्यवस्थित सार्वजनिक संरचनाका कारण व्यक्तिले क्षति बेहोर्नुपरे क्षतिपूर्ति दिलाउन सर्वोच्चको आदेश
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
साउदी अरब र उरुग्वेबिच बराबरी: अराउजोले टारे उरुग्वेको संकट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण