पूर्ववडाध्यक्षसहित ४० जना रास्वपामा प्रवेश
सुर्खेत । सुर्खेतमा पूर्ववडाध्यक्षसहित ४० जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् ।
चिङ्गाड गाउँपालिका–१ मा कांग्रेसकाबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भएर एक कार्यकाल खाएका वीरबहादुर वलीसहित ४० जना आइतबार रास्वपामा प्रवेश गरेका हुन् ।
उनीसँगै अन्य विभिन्न राजनीतिक दल परित्याग गरी ४० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेको रास्वपा सुर्खेतले जनाएको छ ।
केही दिनअघि मात्रै रास्वपा प्रवेश गरेका कांग्रेसका पूर्व सुर्खेत जिल्ला उपसभापति टेकबहादुर सिंहले आफ्नो क्षेत्रका कांग्रेस नेता, कार्यकर्तालाई रास्वपामा समाहित गरिरहेका हुन् ।
पार्टी प्रवेश गर्नेहरूमा २०५४ सालका तत्कालीन गाविस वडा अध्यक्ष पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, र लालबहादुर नेवार रहेका छन् ।
त्यसैगरी वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री र जसबहादुर सुनार लगायतले पनि कांग्रेस परित्याग गरी रास्वपा रोजेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कर्णालीको ५औँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
-
अस्थिरता बढाउने छुट कसैलाई छैन : डा. भट्टराई
-
बनिरहेछ ‘मम’को सिक्वेल, मुख्य भूमिकामा खुसी कपुर
-
घाइते भए जुनियर एनटीआर
-
सडक सुरक्षा र सहरी सौन्दर्यीकरणका योजना बनाउँदै प्राधिकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण