सिङ्गो मुसहर बस्ती लालपुर्जाविहीन
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ ।
उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस्तादेखि बस्दै आएपनि लालपुर्जा नभएको स्थानीय ५५ वर्षीय सेवक सदाले बताए । उनका अनुसार ७५ घर परिवार रहेको मुसहर बस्तीको कुनै परिवारसँग आफ्नो जग्गाको लालपुर्जा छैन ।
सोही बस्तीमा पाँचौँ पुस्ता बसोबास गर्दै आइरहेको बताउहुनने २२ वर्षीय शोभेन्द्र सदाका अनुसार यस बस्तीमा वृद्धवृद्धा, वयस्क महिला, पुरुष तथा बालबालिका सबै गरेर ३७० जनसङ्ख्या रहेको छ ।
बस्तीकै ५० वर्षीय शङ्कर सदाले आफूहरुले हालसम्म लालपुर्र्जा प्राप्त नगरेको र यसले के काम गर्छ भनेर समेत थाहा नभएको बताए ।
अभावै अभाव र जोखिमपूर्ण जीवन बाँचिरहेका मुसहरहरुको आफू बस्ने घरबाहेक अरु जग्गा जमिन नरहेको र भएका जग्गाको समेत लालपुर्र्जा नभएको वडाध्यक्ष अब्दुल गफार राईनले बताए ।
उनका अनुसार त्यस बस्तीमा कसैको दुई धुर, कसैको चार धुर र कसैको एक धुर जग्गा छ । तर अब चाँडै उनीहरुलाई लालपुर्जा वितरणको पहल गर्ने उनले बताए ।
एक वर्षअघि मात्रै खटिआएको नापी टोलीले आफ्नै अगुवाइमा बस्तीको जग्गा नापजाँच गरेर गइसकेको र चाँडै आवश्यक प्रक्रिया पूरा गरी लालपुर्जा वितरण गरिने वडाध्यक्ष राईनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण