सन्दीप लामिछाने बीपीएल खेल्न बङ्गलादेश प्रस्थान
काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बीपीएल) २०२६ खेल्न सोमबार साँझ बङ्गलादेश प्रस्थान गरेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर बङ्गलादेश गएका हुन् ।
लामिछानेलाई बीपीएल २०२६ का लागि राजशाही वारियर्सले अनुबन्ध गरेको छ, यो सिजन डिसेम्बर २६ बाट सुरु हुँदै छ । यसअघि सन् २०१९ मा लामिछानेले बीपीएलमा सिलेट टाइटन्सबाट खेलेका थिए ।
बङ्गलादेशका क्रिकेट प्रशंसकहरूले लामिछानेलाई पछिल्लो पटक २०२४ को आईसीसी टी–२० विश्वकपमा नजिकबाट देखेका थिए, जहाँ नेपालले समूह चरणमा बङ्गलादेशको सामना गरेको थियो।
त्यस खेलपछि लामिछाने बङ्गलादेशी कप्तान नजमुल हुसेन शान्तोसँग लामो कुराकानीमा देखिएका थिए। रोचक संयोग के छ भने, आगामी बीपीएल सिजनमा शान्तोले नै राजशाही वारियर्सको नेतृत्व गर्नेछन् र अब यी दुई खेलाडी टोली साथी बन्नेछन् ।
लामिछानेले यसअघि इन्डियन प्रिमियर लिग (आईपीएल) सहित क्यारिबियन प्रिमियर लिग (सीपीएल), बिग ब्यास लिग (बीबीएल) र क्यानडाको ग्लोबल टी–२० लिग जस्ता विश्वका प्रमुख फ्रेन्चाइज प्रतियोगिताहरूमा सहभागिता जनाइसकेका छन् ।
हालै सम्पन्न नेपाल प्रिमियर लिगमा लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण