बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

सन्दीप लामिछाने विश्वभरका विभिन्न टी–२० लिग खेल्ने पहिलो नेपाली खेलाडी

सोमबार, ०७ पुस २०८२, २१ : ३९
सोमबार, ०७ पुस २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने विश्वभरका क्रिकेट लिगहरू खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

आज मात्रै बङ्गलादेश प्रिमियर लिग खेल्न गएका सन्दीप लामिछानेले अस्ट्रेलियामा आयोजना हुने बिगबास लिगदेखि क्यानडामा आयोजना हुने ग्लोबल टी–ट्वान्टी लिग पनि खेलेका छन् । उनले इन्डियन प्रिमियर लिग आइपीएल पनि खेलेका छन् ।

सन्दीपले अफगानिस्तानमा आयोजना हुने अफगानिस्तान प्रिमियर लिग त्यस्तै वेस्टेनेजमा आयोजना हुने क्यारिबियन प्रिमियर लिग सिपीएल पनि खेलेका छन् ।

यी हुन् सन्दीपले खेलेका विश्वका ठुला टि–ट्वान्टी लिगहरू 

नेपालमाः विराटनगर किङ्स, नेपाल प्रिमियर लिग (फ्रेन्चाइज लिग)

भारतमाः दिल्ली क्यापिटल्स (इन्डियन प्रिमियर लिग – आईपीएल)

पाकिस्तानमाः लाहोर कलन्दर्स (पाकिस्तान सुपर लिग – पीएसएल)

बंगलादेशमाः सिलहेट सिक्सर्स, राजशाही वारियर्स (बंगलादेश प्रिमियर लिग)

श्रीलंकामाः दम्बुल्ला सिक्सर्स (लंका प्रिमियर लिग)

अफगानिस्तानमाः नंगरहार लेपड्र्स (अफगानिस्तान प्रिमियर लिग)

वेस्ट इन्डिजमाः सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्स, जमैका तलावाह्स, ट्रिनबागो नाइट राइडर्स, बार्बाडोस रोयल्स (क्यारेबियन प्रिमियर लिग – सीपीएल)

अष्ट्रेलियामाः मेलबर्न स्टार्स, होबार्ट हरिकेन्स (बिग ब्यास लिग)

इङ्गल्यान्डमाः ओभल इन्भिन्सिबल्स (द हन्ड्रेड)

क्यानडामाः मोन्ट्रियल टाइगर्स, टोरन्टो नेशनल्स, सर्रे जगुआर्स (ग्लोबल टी–२० क्यानडा)

संयुक्त अरब इमिरेट्स (युएई) माः डेजर्ट भाइपर्स, पुणे डेभिल्स, केरला नाइट्स (विभिन्न लिग)

हङकङमाः काउलुन क्यान्टन्स (हङकङ टी–२०)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप