‘आइपिओ’ जारी गर्दै सालपा विकास बैंक
सारांश
- सालपा विकास बैंकले पुस १६ गतेदेखि आइपिओ जारी गर्ने भएको छ।
- बैंकले १७ करोड २३ लाख ८८ हजार बराबरको आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ।
- सर्वसाधारणका लागि पुस २० गतेसम्म आवेदन दिन सकिनेछ।
खोटाङ । सालपा विकास बैंकले सर्वसाधारणका लागि यही पुस १६ गतेदेखि प्रारम्भिक सार्वजनिक प्रस्ताव (आइपिओ) जारी गर्ने भएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित विसं २०६९ साउन ३ गते दिक्तेल बजारमा सो बैंक स्थापना भएको थियो । बैंकले १३ वर्षपछि सर्वसाधारणका लागि आइपिओ जारी गर्न लागेको हो ।
संस्थापक शेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु दुई करोड लगानीमा स्थापना गरिएको बैंकले आफ्नो जारी कूल चुक्ता पुँजीको ३३ प्रतिशतले हुन आउने रु १७ करोड २३ लाख ८८ हजार बराबरको १७ लाख २३ हजार ८८० कित्ता आइपिओ निष्कासनको अनुमति पाएको छ । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेर रोजगारी गरिरहेका नेपालीका लागि एक लाख ७२ हजार ३८८ कित्ता तथा सामूहिक लगानी कोषका लगानीकर्ताका लागि ८६ लाख १९४ कित्ता शेयर बाँडफाँट गरिसकेको छ ।
सर्वसाधारणलाई लक्षित गरेर खुला गर्न लागिएको १४ लाख ३९ हजार १७९ कित्ता आइपिओका लागि पुस–२० गतेसम्म आवेदन दिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र पुनले जानकारी दिए । शेयर प्रतिकित्ता रु १०० का दरले बिक्री गरिने बैंकले जनाएको छ । दिक्तेल बजारसँगै जिल्लाको विभिन्न छ स्थानमा यस बैंकको शाखा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण