रुसले युक्रेनी क्षेत्र ओडेसामा आक्रमण बढायो
मङ्गलबार, ०८ पुस २०८२, १० : ०३
मस्को । रुसले दक्षिणी युक्रेनी क्षेत्र ओडेसामा आफ्नो आक्रमण तीव्र पारेको छ । आक्रमणले गर्दा सो क्षेत्रमा व्यापक बिजुली कटौती भएको छ ।
यस क्षेत्रको समुद्री पूर्वाधारलाई जोखिममा परेको छ। मस्कोले यस क्षेत्रमा व्यवस्थित आक्रमण गरिरहेको युक्रेनका उपप्रधानमन्त्री ओलेक्सी कुलेबाले भनेका छन् । युद्धमा ध्यान ओडेसा तिर सरेको हुन सक्ने ओलेक्सी कुलेबाले गत हप्ता चेतावनी दिएका थिए ।
बारम्बार गरिएका आक्रमणहरू युक्रेनको समुद्री लजिष्टिकमा पहुँच रोक्न मस्कोको प्रयास भएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।
कृष्ण सागरमा रूसको श्याडो फ्लीटका ट्याङ्करहरूमा ड्रोन आक्रमणको बदला लिन समुद्रमा युक्रेनको पहुँच ठप्प पार्ने धम्की रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले डिसेम्बरको सुरुमा दिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
वैदेशिक रोजगारीसम्बन्धी ठगी र गुनासाका घटना बढ्दै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण