अपडेट
राष्ट्रपतिले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाए
मङ्गलबार, ०८ पुस २०८२, १३ : ५३
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेताहरूलाई छलफलका लागि बोलाएका छन्।
- छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक प्रचण्ड सहभागी हुनेछन्।
- भेटघाटमा फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र निर्वाचनसम्बन्धी कानुन संशोधनबारे कुराकानी हुनेछ।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन दलका शीर्ष नेतृत्वलाई छलफलमा बोलाएका छन् । पौडेलले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक प्रचण्डलाई छलफलमा बोलाएका हुन् ।
राष्ट्रपति कार्यालयले सुरुमा ओली र देउवालाई मात्रै बोलाएको जानकारी गराएपनि पछि तीनै नेता आउने तय भएको जानकारी दिएको हो ।
छलफल ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमै हुनेछ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन, सरकारले सिफारिस गरेको निर्वाचनसम्बन्धी कानुन संशोधनको विषयमा भेटका क्रममा कुराकानी हुने बताइएको छ ।
यस्तै चुनावकै भविष्यबारे समेत अनेक आशङ्का भइरहेको बेला तीन दलका शीर्ष नेतृत्व र राष्ट्रपतिबिच हुन लागेको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण