मन्त्रीहरु पार्टी कार्यालयमा पुगेपछि प्रचण्डले भने– चुनाव हुन्छ भन्ने राम्रो संकेत हो
मङ्गलबार, ०८ पुस २०८२, १५ : ३४
सारांश
- प्रचण्डले मन्त्रीहरू पार्टी कार्यालय पुग्नुलाई निर्वाचनको संकेतको रूपमा बुझेका छन्।
- प्रवक्तासहितका मन्त्रीहरूले आन्दोलनमा भएको क्षतिको अनुगमन गरेका थिए।
- मन्त्रीहरूले कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्रको कार्यालयको भ्रमण गरेका थिए।
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरू राजनीतिक पार्टीका कार्यालयमा पुग्नुलाई फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचन हुने संकेतका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
मंगलबार सरकारका प्रवक्ता जगदीश खरेलसहितका मन्त्री नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी कार्यालय पुगेर जनेजी आन्दोलनका क्रममा भएको क्षतिबारे अनुगमन गरेका थिए ।
सोही क्रममा पार्टी कार्यालय पेरिसडाँडा पुगेका खरेलसहितका मन्त्रीसँग प्रचण्डसँग भेट गरेका थिए ।
भेटपछि प्रतिक्रिया दिँदै प्रचण्डले भने, ‘यो चुनाव हुन्छ भन्ने कुराको राम्रो संकेत हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण