बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

स्थान हद फुकुवापछि खापुङले भने– निमन्त्रणा भए भन्नुस् है

मङ्गलबार, ०८ पुस २०८२, १६ : ५१
मङ्गलबार, ०८ पुस २०८२

काठमाडाैँ । पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले स्थान हद फुकुवापछि कुनै ठाउँमा आउनुपर्ने भए निमन्त्रणा गर्न आग्रह गरेका छन् । 

मंगलबार खापुङले सामाजिक सञ्जाल फेसबुकमा जाँचबुझ आयोगले दिएको फुकुवा पत्र राख्दै लेखेका छन्,‘लु है कतै निमन्त्रणा छ भने भन्नुहोस् है !’ ।

गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले मंगलबार खापुङसहित पूर्व गृहसचिव गोकर्णमणी दुवाडी र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको स्थान हद फुकुवा गरेको थियो ।

उनीहरूसँग आयोगले बयान लिइसकेर स्थान हद फुकुवा गरेको हो ।

Capture

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप