यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक
सारांश
- पोखरा विमानस्थलमा यात्रुसँग अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई प्रवेशमा रोक लगाइयो।
- विमानस्थलले एक महिनाका लागि ट्याक्सी सेवा बन्द गरेको छ, जसले यात्रुलाई दुर्व्यवहार गरेका थिए।
- यात्रुलाई सभ्य व्यवहार गर्न र सवारी पार्किङ नियमको पालना गर्न निर्देशन दिइएको छ।
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थल प्रवेशमा रोक लगाइएको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय मंगलबार विज्ञप्ति जारी गरी गत पुस ३ गते यात्रु तथा यात्रु लिन आएका ट्याक्सी चालकसँग अमर्यादित व्यवहार गर्ने पाँचजना ट्याक्सी चालक र ट्याक्सीहरूलाई मंगलबार ( पुस ८) देखि लागू हुनेगरी एक महिनासम्म विमानस्थलबाट ट्याक्सी सेवा प्रदान गर्न रोक लगाइएको जनाइएको छ ।
विमानस्थलबाट आफ्नो गन्तव्यतर्फ जाने क्रममा पुस ३ गते विमानस्थलबाट ट्याक्सी सेवा सञ्चालन गरिरहेका ट्याक्सी चालकले यात्रुलाई दुर्व्यवहार तथा अमर्यादित व्यवहार गरेका थिए ।
चालकहरूको सो व्यवहारसम्बन्धी सामाजिक सञ्जाल ९टिकटक०मा अपलोड भएको सामग्री र त्यसको भोलिपल्ट कार्यालयमा आएको निवेदनबारे गम्भीर ध्यानाकर्षण भएको कार्यालयका प्रवक्ता जशोदा सुवेदीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
कार्यालयमा आएको निवेदनपछि विमानस्थलस्थित सुरक्षा गार्ड कार्यालयले घटनाका बारेमा आवश्यक जाँचबुझ तथा छानबिन गरेको थियो ।
प्राधिकरणले विमानस्थलबाट सेवा प्रदान गर्ने सम्पूर्ण चालकहरूले यात्रुसँग नम्र, सभ्य, शालिन एवं मर्यादित व्यवहार गर्ने र सो बमोजिमको व्यवहार नभएको पाइए कानुनअनुसार कारबाही जनाएको छ ।
यसैगरी राइड सेयरिङ एप इन्ड्राइभ, पठाओजस्ता अनलाइन एपमा आधारित भई सेवा प्रदान गर्ने सवारीसाधनलाई तोकिएको स्थानमा यात्रु छोड्न र नियमानुसारको शुल्क तिरी विमानस्थलको सवारी पार्किङ क्षेत्रमा सवारीसाधन राखी आफ्नो यात्रुलाई लैजान विमानस्थलबाट सेवा प्रदान गर्ने ट्याक्सी चालकहरूबाट कुनै अवरोध नगर्ने/नगराउने निर्णय भएको विज्ञप्तिमा जनाइएको छ ।
विमानस्थलको पहुँच मार्गको दायाँबायाँको स्थानमा सवारीसाधन रोक्दा हुनसक्ने सम्भावित दुर्घटनाहरूलाई कमी गर्न कार्यालयले आफन्त तथा यात्रु पर्खिएर सवारीसाधन नरोक्नसमेत आग्रह गरेको छ ।
विमानस्थल क्षेत्रभित्र जथाभाबी रूपमा सवारीसाधन रोकिएको पाइए कानुनबमोजिम कारबाहीको चेतावनी दिइएको छ । पर्यटकीय सहर पोखरामा विमानस्थलमा ट्याक्सी चालकहरूको मनोमानी हुने गरेका विषयमा पर्यटक तथा यात्रुहरूले पटकपटक प्रशासनको ध्यानाकर्षण गराउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण