माैसम पूर्वानुमान
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, कस्तो रहला आजको मौसम ?
तराईका धेरै स्थानहरूमा हुस्सु
बुधबार, ०९ पुस २०८२, ०६ : ११
सारांश
- मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने छ ।
- तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो लागेको छ, जसले यातायातमा असर पार्नेछ ।
- महाशाखाले हुस्सु र कुहिरोका कारण दैनिक जनजीवनमा पर्न सक्ने असरबाट जोगिन आग्रह गरेको छ ।
काठमाडौँ । आज देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल तराईका धेरै स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । कोशी प्रदेशका तराई भूभागमा मध्यान्न सम्म तथा बाँकी तराई भूभागमा दिनभर हुस्सु तथा कुहिरो रहनेछ ।
आज दिउसो पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । तराई भूभागमा दिउसो पनि हुस्सु तथा कुहिरो रहनेछ । पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने छ । राति पनि यही सिलसिला रहनेछ ।
देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्ने भएकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण