बैंकहरूले दिएनन् क्षमताअनुसार लाभांश, बोनस सेयर घोषणामा कन्जुस्याइँ
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा बैंक तथा वित्तीय संस्थाहरूले लाभांश घोषणा गरे, जसमा १३ बैंकले लाभांश दिए भने ६ बैंकले सेयरधनीलाई खाली हात पारे।
- एभरेष्ट बैंकले २० प्रतिशत सर्वाधिक लाभांश दिएको छ, जबकि अधिकांश बैंकले नगद लाभांशलाई जोड दिए, बोनस सेयर कम वितरण गरियो।
- बोनस सेयर घट्नुको कारण पुँजीकोष अनुपात र कर्जाको मागमा आएको कमी हो, जसले गर्दा बैंकहरूले लाभांश वितरणलाई फरक तरिकाले हेरे।
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०८१/८२ को लागि लाभांश घोषणाको क्रम सकिएको छ । सञ्चालनमा रहेका सबै सूचीकृत वाणिज्य बैंकले यस वर्षको नाफाबाट लाभांश घोषणासम्बन्धी निर्णय गरेका हुन् ।
२० वटा वाणिज्य बैंक सञ्चालनमा रहेकोमा हालसम्म १९ वटा बैंक दोस्रो बजारमा सूचीकृत छन् । त्यसमध्ये यसपटक १३ बैंकले यो वर्ष लाभांशको घोषणा गर्दा ६ वटाले सेयरधनीहरूको हात रित्तो बनाएका छन् ।
यो वर्ष बैंकहरूको औसत लाभांश ६.६२ प्रतिशत देखिन्छ । वितरणयोग्य नाफा सकारात्मक भएका बैंकलाई मात्रै गणना गर्ने हो भने औसत लाभांश ८.५५ प्रतिशत रहेको देखिन्छ ।
यो वर्ष एभरेष्ट बैंकले सर्वाधिक २० प्रतिशत लाभांश दिएको छ । उक्त बैंकले ३८.२७ प्रतिशत लाभांश क्षमता रहेको विवरण प्रकाशन गरेकोमा सो लाभांश पारित गरेको हो । त्यस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंकले यो वर्ष १९ प्रतिशत लाभांश दिएको छ । बैंकसँग १९.८५ प्रतिशत लाभांश दिने क्षमता थियो ।
कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिएको छ । बैंकले १५.५८ प्रतिशत लाभांश क्षमता थियो । त्यस्तै नबिल बैंकले १७.६४ प्रतिशत क्षमता रहेकोमा १२.५० प्रतिशत बराबरको लाभांश दिने घोषणा गरेको छ ।
एकल अंकमा लाभांश घोषणा गरेका ६ वटा बैंकहरू छन् । त्यसमध्ये नेपाल एसबीआई बैंकले ९ प्रतिशत, प्राइम कमर्शियल बैंकले ८.४२१ प्रतिशत, ग्लोबल आईएमई बैंक र माछापुच्छ्रे बैंकले समान ८ प्रतिशत, सानिमा बैंकले ७.३६ प्रतिशत र सिटिजन्स बैंकले ५.२६ प्रतिशत लाभांश दिएका छन् ।
दोहोरो अंकमा लाभांश दिने बैंकहरूमा यो वर्ष सिद्धार्थ बैंक, लक्ष्मी सनराइज बैंक र एनएमबि बैंकसमेत रहेका छन् । सिद्धार्थले १३.२२ प्रतिशत लाभांश क्षमता हुँदा १०.५३ प्रतिशत, लक्ष्मी सनराइजले १२.३४ प्रतिशत क्षमता हुँदा १०.५३ प्रतिशत र एनएमबिले १०.४० प्रतिशत लाभांश क्षमता हुँदा १० प्रतिशत लाभांश दिएका हुन् ।
एकल अंकमा लाभांश घोषणा गरेका ६ वटा बैंकहरू छन् । त्यसमध्ये नेपाल एसबीआई बैंकले ९ प्रतिशत, प्राइम कमर्शियल बैंकले ८.४२१ प्रतिशत, ग्लोबल आईएमई बैंक र माछापुच्छ्रे बैंकले समान ८ प्रतिशत, सानिमा बैंकले ७.३६ प्रतिशत र सिटिजन्स बैंकले ५.२६ प्रतिशत लाभांश दिएका छन् ।
यीमध्ये नेपाल एसबीआई बैंकको लाभांश क्षमता ११.२९ प्रतिशत, प्राइम कमर्शियल बैंकको १४.३३ प्रतिशत, ग्लोबल आईएमई बैंकको १४.११ प्रतिशत, माछापुच्छ्रे बैंकको समान ९.२३ प्रतिशत, सानिमा बैंकको २०.४७ प्रतिशत र सिटिजन्स बैंकको ५.२६ प्रतिशत लाभांश क्षमता रहेको थियो ।
हेर्नुहोस् बैंकको लाभांश क्षमता र घोषित लाभांश दरको अवस्था

नगद लाभांशलाई जोड, बोनसमा अवरोध
यो वर्ष बैंकहरूले दिएको लाभांशमा अधिकांश हिस्सा नगद लाभांशको रहेको देखिएको छ । औसत ६.६२ प्रतिशत लाभांश घोषणा गरेका बैंकहरूको १.७० प्रतिशत बोनस सेयर र ४.९२ प्रतिशत नगद लाभांश रहेको देखिन्छ । कुल लाभांशमध्ये नगद सेयरको हिस्सा ७४ प्रतिशतभन्दा माथि हुन आउँछ ।
यो वर्ष बोनस सेयरमा उदार भएका बैंकहरूमा प्राइम कमर्सियल, लक्ष्मी र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगद लाभांश छुट्याउनुबाहेक सबै बोनस सेयर दिएका छन् ।
हाल २० वटै वाणिज्य बैंकसँग ५ खर्ब ८ अर्ब ४८ करोड चुक्ता पुँजी रहेकोमा ३३ अर्ब ६४ करोड रुपैयाँ बराबरको लाभांश वितरण हुने देखिन्छ । त्यसमध्ये २४ अर्ब ९९ करोड रुपैयाँको नगद लाभांश र ८ अर्ब ६५ करोड रुपैयाँ बराबरको बोनस सेयर वितरण भएको छ ।
लाभांश दिएका १३ बैंकमध्ये यो वर्ष ४ बैंकले नगद लाभांश मात्रै दिएका छन् । स्ट्यान्डर्ड चार्टर्ड, नबिल, ग्लोबल आईएमई र सानिमा बैंकले सबै लाभांश नगदमा दिएका छन् ।
यो वर्ष बोनस सेयरमा उदार भएका बैंकहरूमा प्राइम कमर्सियल, लक्ष्मी र सिटिजन्स बैंकले कर प्रयोजनको लागि नगद लाभांश छुट्याउनुबाहेक सबै बोनस सेयर दिएका छन् ।
त्यसबाहेक नेपाल एसबीआई बैंकले ९ मध्ये ४ प्रतिशत, एनएमबि बैंकले १० मध्ये ५ प्रतिशत, कृषि विकास बैंकले १३ मध्ये ३.२५ प्रतिशत, सिद्धार्थ बैंकले १०.५३ प्रतिशतमध्ये ५ प्रतिशत, एभरेष्ट बैंकले २० मध्ये ६ प्रतिशत र माछापुच्छ्रे बैंकले ८ मध्ये ४ प्रतिशत बोनस सेयर दिएको छ ।
हेर्नुहोस् बैंकको लाभांश क्षमता र घोषित लाभांश दरको अवस्था

किन घट्यो बोनस सेयर ?
एक दशकदेखि बैंक तथा वित्तीय संस्थामा बोनस सेयरको ट्रेन्ड नै चल्यो । आव २०७२/७३ मा राष्ट्र बैंकले लिएको पुँजी वृद्धि नीतिका कारण तोकिएको ८ अर्ब चुक्ता पुँजी पुर्याउन बैंकहरूले बोनस सेयरलाई बढावा दिएका थिए । मर्जर र एक्विजिसनसमेत गर्दा अहिले बैंक पुँजीका हिसाबले निकै ठुलो भइसकेका छन् ।
आव २०८१/८२ को अन्त्यसम्म ग्लोबल आईएमई बैंक एक्लैको लाभांश ३८ अर्ब ११ करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकको १० अर्ब ४ करोड रुपैयाँ पुँजी पुगेको देखिन्छ ।
तर तोकिएको पुँजी पुग्दा पनि एकाधबाहेक बैंकले पुँजी वृद्धि रोकेका छैनन् । यसको मुख्य कारण पुँजीकोष अनुपात हो । क्यापिटल एडेक्वेसी फ्रेमवर्कअनुसार अहिले नेपालका वाणिज्य बैंकले भारित औसत ऋणको ८.५ प्रतिशत बराबरको प्राथमिक पुँजीकोष र २.५ प्रतिशत पूरक पुँजीकोष कायम गर्नुपर्छ । कर्जाको माग बढ्दै जाँदा बैंकहरूको पुँजीकोष कसिलो हुँदै जाने भएकोले उच्च पुँजीका बाबजुद बैंकहरूले बोनस सेयरमार्फत पुँजी वृद्धिको नीति लिँदै आएका छन् ।
तर यो वर्ष अवस्था ठीक विपरीत छ । बजारमा कर्जाको माग नहुँदा सीडी अनुपात मात्रै नभएर पुँजीकोष अनुपातसमेत खुकुलो अवस्थामा छ । त्यसैले बैंकहरूले यो वर्ष लाभांश वितरणलाई धेरै महत्त्व नदिएका बैंकिङ विज्ञ भुवन दाहाल बताउँछन् ।
त्यस्तै केही बैंकका संस्थापकलाई नगद आवश्यकता हुँदा समेत नगद लाभांशलाई नै महत्त्व दिएको हुन सक्ने उनको भनाइ छ । नेपालमा स्ट्यान्डर्ड चार्टर्ड बैंक, नेपाल एसबीआई बैंकजस्ता विदेशी स्वामित्वका बैंकले धेरैजसो पुँजी वृद्धिभन्दा बढी नगद लाभांशमै जोड दिने गरेको देखिन्छ ।
साढे ३३ अर्बको लाभांश, साढे ८ अर्ब पुँजी थपियो
यो वर्ष बैंकहरूले सेयरधनीलाई झण्डै साढे ३३ अर्ब लाभांश वितरण गरेका छन् । घोषित लाभांश अनुसार बैंकहरूले ३३ अर्ब ६६ करोड रुपैयाँ बराबरको लाभांश घोषणा गरेका हुन् । त्यसमध्ये ८ अर्ब ६५ करोड रुपैयाँको बोनस सेयर तथा बाँकी २४ अर्ब ९९ करोड नगद लाभांश वितरणको निर्णय भएको देखिन्छ ।
आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म बैंकहरूसँग कुल ५ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पुँजी छ । यो वर्ष बैंकहरूले वितरण गरेको कुल लाभांशसँगै बैंकहरूको चुक्ता पुँजी ५ खर्ब १७ अर्ब १३ करोड पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तर कोरियाको आणविक दौड तीव्र
-
एसीसी महिला प्रिमियर कप : भुटानलाई सजिलै हरायो नेपालले
-
निन्दा नदी किनारमा बाढी नियन्त्रण गर्न चार हजार बाँसका बिरुवा रोपियो
-
ताइवान भ्रमणको कारण चार न्यूजिल्यान्ड सांसदमाथि चीनको यात्रा प्रतिबन्ध
-
बजेटको मुखमा आयोगकी सदस्य लामिछानेले दिइन् राजीनामा
-
पहाडमा मेघगर्जनसहित वर्षा, तराईमा तापक्रम ४२ डिग्रीसम्म पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण