शीतलहरका कारण बुटवलका विद्यालय तीन दिन बन्द
बुधबार, ०९ पुस २०८२, १५ : १०
बुटवल। अत्यधिक चिसो र शीतलहरका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका अनुसार वार्षिक बिदाबाट कट्टी हुने गरी पुस ११, १२ र १३ गतेसम्म विद्यालय बन्द रहनेछन्। पछिल्ला केही दिनदेखि चिसो अत्यधिक बढेकाले विद्यार्थीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयद्वारा हस्ताक्षरित सूचनामार्फत सबै विद्यालयलाई उक्त निर्णय कार्यान्वयन गर्न अनुरोध गरिएको छ।
साथै, उपमहानगरपालिकाले चिसोको समयमा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन तथा स्वास्थ्य सुरक्षामा ध्यान दिन अभिभावक र विद्यालय प्रशासनलाई आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण