भेनेजुएलाद्वारा समुन्द्री डकैती र नाकाबन्दी विरुद्धको नयाँ कानुन पारित
काठमाडौँ । भेनेजुएलाको नेशनल एसेम्बलीले समुन्द्री डकैती, नाकाबन्दी र अन्य अवैध अन्तर्राष्ट्रिय कार्यहरूबाट जलसम्बन्धी स्वतन्त्रता र व्यापारको रक्षा गर्ने उद्देश्यले नयाँ कानून पारित गरेको छ ।
क्यारिबियन क्षेत्रमा भेनेजुएलाको तेल बोकेका जहाजहरू अमेरिकाले नियन्त्रणमा लिएपछि यो कदम चालिएको हो । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजले मतदानपछि समुन्द्री डकैती, नाकाबन्दी र अन्य अन्तर्राष्ट्रिय अवैध कार्यहरू विरुद्ध जलयात्रा र वाणिज्यको स्वतन्त्रता सुनिश्चित गर्ने कानून पारित भएको घोषणा गरे ।
यो कानून एक विशेष सत्र र आकस्मिक प्रक्रिया अन्तर्गत पारित गरिएको हो । यस कानूनमा समुन्द्री डकैती वा नाकाबन्दीलाई प्रोत्साहन गर्ने वा लगानी गर्ने जोकोहीलाई २० वर्षसम्मको जेल सजाय हुने प्रावधान राखिएको छ । अधिकारीहरूले अमेरिकी खतराको रूपमा व्याख्या गरेका गतिविधिहरूबाट भेनेजुएलाको व्यावसायिक र राजनीतिक सम्बन्धलाई सुरक्षित राख्नु यस कानूनको मुख्य लक्ष्य हो ।
राष्ट्रपति निकोलस मादुरोले राष्ट्रिय सार्वभौमसत्ताको रक्षाको प्रयास स्वरूप प्रश्ताव गरेको यस विधेयकलाई सोमवार नेशनल एसेम्बलीले पहिलो चरणमा अनुमोदन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण