पार्टी एकताका लागि रास्वपाबाट अघि सारियो भागबन्डाको यस्तो प्रस्ताव
सारांश
- रास्वपाले पार्टी एकताका लागि ६०/४० को भागबन्डा प्रस्ताव गरेको छ।
- बालेन शाहलाई भावी प्रधानमन्त्री बनाउन रास्वपा सकारात्मक देखिएको छ।
- कुलमानले रविसँग कुनै कुरा नभएको बताएका छन्।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पार्टी एकताका लागि ६०/४० को भागबन्डा प्रस्ताव गरेको छ । बिहीबार राति अबेरसम्म ललितपुरको ज्वागलमा बसेको बैठकमा रास्वपाले एकताका लागि त्रिपक्षीय भागबन्डा प्रस्ताव गरेको हो ।
स्रोतका अनुसार रास्वपाले केन्द्रीय समिति र आगामी निर्वाचनमा ४० प्रतिशत राख्ने, कुलमान र बालेन शाहलाई २५/२५ प्रतिशत दिने, बाँकी १० प्रतिशत जेनजीहरूलाई दिने प्रस्ताव गरेको पाइएको छ ।
भावी प्रधानमन्त्रीका रूपमा बालेनलाई अगाडि सार्न रास्वपाका सभापति रवि लामिछाने सकारात्मक देखिएका छन् । पदाधिकारीको विषयमा टुङ्गो लाग्न बाँकी रहेको स्रोतले बतायो ।
‘रास्वपाको तर्फबाट ४०, २५/२५ र १० प्रतिशतको भागबन्डा गर्न सकिने गरी प्रस्ताव गरिएको छ । भावी प्रधानमन्त्री बनाउने विषयमा रविजी सकारात्मक हुनुहुन्छ । पदाधिकारी पछि टुङ्गो लगाउने भनिएको छ, तर बालेनजीले मानिरहनुभएको छैन । कुलमानजीको विषयमा हिजो राति १० बजे नै टुङ्गो लागिसकेको छ’, स्रोतले भन्यो ।
एकता सहमतिमा ‘फाइनल टच’ दिनका लागि अहिले रास्वपाका राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेनले गृहकार्य गरिहेको छन् । तर उनीहरू बसेको ठाउँ दुवै पक्षले गोप्य राखेका छन् ।
तीनै पक्षबिच निर्णायक सहमतिका लागि आज बेलुका बैठक बस्ने बुझिएको छ । रवि, बालेन र कुलमानबिचको बैठकमा सहमति भएमा आजै हस्ताक्षर हुने स्रोतको दाबी छ ।
तर बालेन पक्षले शक्ति सन्तुलनको आधारमा मात्रै सहमति हुन सक्ने बताएको छ । रास्वपाले राखेको प्रस्तावलाई सकारात्मक रूपमा लिए पनि ठुलो पार्टी हुँदा शक्ति सन्तुलन कसरी कामय राख्ने भन्नेमा ठोस प्रस्ताव नआएको जिकिर गरेको छ ।
‘रास्वपाले प्रधानमन्त्री प्रस्ताव गरेको हो । त्यसपछि पार्टी नै एक हुने हो भने पावर ब्यालेन्सको कुरा भइहाल्छ । त्यसमा छलफल भइरहेको छ,’ बालेन निकट एक स्रोतले भन्यो, ‘बेलुकासम्म निचोड आउँछ । अहिले दुवै पक्षको दोस्रो तहका साथीहरू काम गरिरहनुभएको छ । आज काठमाडौँ महानगरपालिकाको नगरसभा पनि भएकाले नगरसभा सक्ने बित्तिकै बैठक बस्छौँ ।’
यता कुलमानले भने रविसँग कुनै कुरा नभएको जिकिर गरेका छन् । रातोपाटीसँग कुरा गर्दै उज्यालो नेपालका संरक्षकसमेत रहेका उनले एकताको विषयमा कुरै नभएको जिकिर गरे । ‘रविजी र बालेनबिच के भयो, थाहा छैन, तर मसँग कुनै कुरा भएको छैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण