शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

नेकपाबाट ४ रिटर्नी उम्मेदवार सिफारिस

शुक्रबार, ११ पुस २०८२, १८ : ४९
शुक्रबार, ११ पुस २०८२

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको जनवर्गीय सङ्गठन रिटर्नी सेन्टर नेपाल र नेपाल रिटर्नी एशोसिएसन(समाजवादी) ले समानुपातिक तर्फ चार जना  उम्मेदवारमा सिफारिस भएका छन्  ।

पार्टीले गत पुस ४ गते जारी गरेको विशेष सर्कुलर अनुसार दुवै सङ्गठनबाट दुई पुरुष र दुई महिलाको नाम सिफारिस गरिएको हो ।

सिफारिस हुनेमा सेन्टरका तर्फबाट देवेन्द्र सम्बाहाम्फे र चेतना श्रेङ रहेका छन् भने समाजवादीबाट प्रविन पौडेल र अनिता कुमारी रहेका छन् ।

सङ्गठनको कमिटी तयार भई नसकेकाले दुवै संगठनको फ्र्याक्सन इन्चार्ज र अध्यक्षले बिहीबार सर्वसम्मत नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

दुवै सङ्गठनले पार्टीको निर्देशन तथा मापदण्ड पुर्‍याएर शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस पत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएको हो।

दुवै सङ्गठनले  नाम, झण्डा र विधानको लगायतका  विषयमा  सहमति गरिसकेको भए पनि सङ्गठनको औपचारिक समायोजन पार्टी नेताहरूको व्यस्तताले रोकिएको छ ।

सङ्गठनले विदेशमा आर्जन गरिएको सीप, अनुभव र ऊर्जाको भरपुर प्रयोग गर्दै पार्टीको मागअनुसार उम्मेदवार सिफारिस गरिएको र यसले रिटर्नीहरू हरेक क्षेत्रमा अब्बल रहेको स्पष्ट उदाहरण प्रस्तुत गरेको एसोसिएसनका अध्यक्ष प्रविन पौडेलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप