जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि
सारांश
- जसपा नेपालले संविधान संशोधन लगायतका २८ बुँदे माग राख्दै प्रदेशस्तरीय विरोध सभा गर्दैछ।
- विराटनगरबाट सुरु हुने विरोध सभा जनकपुर, वीरगन्ज र भैरहवामा पुस महिनामा आयोजना हुनेछ।
- पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका शीर्ष नेताहरूले विरोध सभालाई सम्बोधन गर्नेछन्।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ । संविधान संशोधन, निर्वाचन क्षेत्र पुर्निनिर्धारण, जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका २८ बुँदे विभिन्न माग र राष्ट्रिय मुद्दा उठाउँदै विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएको जसपा नेपालले आजदेखि प्रदेशस्तरीय विरोध सभा गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बस्नेतका अनुसार प्रदेशस्तरीय विरोध सभाका कार्यक्रमअन्तर्गत आज विराटनगरमा पार्टीले विरोध सभा गर्न लागेको छ ।
पुस १४ गते मधेस प्रदेशको जनकपुरमा, १५ गते वीरगन्जमा र १७ गते लुम्बिनी प्रदेशको भैरहवामा विरोध सभाको आयोजना गर्न लागिएको हो । विरोध सभालाई पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने बताइएको छ ।
यसबिच सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण, पार्टी प्रदेश समितिहरूको अधिवेशनसमेत सम्पन्न गरिएको उनको भनाइ छ ।
जसपा नेपालले सङ्घर्षका कार्यक्रमअन्तर्गत संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारहरूमा विरोध कार्यक्रम र कोण सभा गर्नुका साथै पार्टीले उठाएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानर सहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यालयहरू अगाडी शान्तिपूर्ण धर्ना तथा जिल्ला स्तरीय विरोध सभा/जन सभा गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण