प्रदेश संरचना खारेज नगरी विकास सम्भव छैन – ज्ञानेन्द्र शाही
बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान प्रदेश संरचना कायमै रहेसम्म देशको आर्थिक, सामाजिक र पूर्वाधार विकास असम्भव रहेको दाबी गरेका छन् ।
झापाको बिर्तामोडमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै शाहीले संघीय संरचनाअन्तर्गतको प्रदेश प्रणाली नै राज्यको आर्थिक संकटको मुख्य कारण बनेको आरोप लगाए ।
शाहीले कर प्रणालीलाई अन्यायपूर्ण भन्दै जनतामाथि अत्यधिक भार थोपरिएको बताए । उनले ट्याक्सी चालकको उदाहरण दिँदै भारतमा १० देखि १५ लाख पर्ने गाडी नेपालमा ४० देखि ५० लाखसम्म पर्न जाने र एउटा चालकले राज्यलाई २० देखि ३० लाख रुपैयाँसम्म कर तिर्नुपरेको औँल्याए ।
यति धेरै कर तिरे पनि नागरिकले निःशुल्क स्वास्थ्य, गुणस्तरीय शिक्षा, राम्रो सडक वा नियमित बिजुली जस्ता न्यूनतम सुविधा नपाएको उनको गुनासो थियो ।
जनताबाट उठाइएको करको ठुलो हिस्सा प्रदेश सरकार, मन्त्री, मुख्यमन्त्री, सचिवालय र अन्य सुविधाहरू पाल्नमै खर्च भइरहेको शाहीले दाबी गरे । उनका अनुसार नागरिकले अप्रत्यक्ष रूपमा झन्डै २५० प्रतिशतसम्म करको भार बोकिरहेका छन् । प्रदेश संरचना कायमै रहे वैदेशिक ऋण बढ्दै जाने र जनता थप कर तिर्न बाध्य हुने चेतावनी उनले दिए ।
शाहीले तत्काल प्रदेश संरचना खारेज गर्नुपर्नेमा जोड दिँदै यसबाट राज्यको खर्बौँ रुपैयाँ बचत भई शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्न सकिने बताए । राप्रपाले प्रदेश संरचना खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था र आर्थिक आत्मनिर्भरताको एजेन्डालाई केन्द्रमा राखेर जनअभियान चलाइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण