मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रिमियर लिगमा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोमाञ्चक

शनिबार, १२ पुस २०८२, २३ : २६
शनिबार, १२ पुस २०८२

सारांश

  • शनिबार राति सम्पन्न प्रिमियर लिग खेलहरूमा म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलले जित हासिल गरे।
  • म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई २-१ गोलले पराजित गर्यो भने आर्सनलले ब्राइटनलाई २-१ गोलले हरायो।
  • लिभरपुलले वुल्भ्सलाई २-१ गोलले हराएर लिगमा आफ्नो १०औँ जित दर्ता गर्यो, र चौथो स्थानमा उक्लियो।

काठमाडौँ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न खेलहरूमा उपाधि दौडका तीन प्रमुख दाबेदार क्लबहरू म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलले आ–आफ्नो खेलमा जित दर्ता गरेका छन् । 

यस नतिजासँगै लिग तालिकामा शीर्ष स्थानको प्रतिस्पर्धा थप रोमाञ्चक बनेको छ ।

आज राति प्रतिस्पर्धात्मक खेलमा म्यानचेस्टर सिटीले नटिङ्घम फरेस्टलाई उसकै मैदानमा २–१ गोल अन्तरले पराजित गर्‍यो । सिटीका लागि नेदरल्यान्डका रेजिन्दरले ४८औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । तर, ५४औँ मिनेटमा गोल बेहोरेपछि सिटी बराबरीको अवस्थामा पुग्यो । खेल सकिन केही मिनेट बाँकी रहँदा अर्थात् ८३औँ मिनेटमा रायल चेर्कीले निर्णायक गोल गरेपछि सिटीले महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो ।

यो जितसँगै सिटी केही समयका लागि प्रिमियर लिगको शीर्ष स्थानमा पुग्न सफल भएको थियो ।

सिटीको जितको केही समयपछि नै भएको खेलमा आर्सनलले पनि ब्राइटनमाथि २–१ को जित निकाल्दै पुनः शीर्ष स्थान कब्जा जमायो । घरेलु मैदानमा भएको खेलमा मार्टिन ओडेगार्डले १४औँ मिनेटमै गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा जर्जिन्हो रुटेरले आत्मघाती गोल गरेपछि आर्सनल २–० ले अघि बढ्यो । यद्यपि, ब्राइटनका लागि डिएगो गोमेजले एक गोल फर्काए पनि थप समयमा गोल नभएपछि आर्सनल तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भयो ।

उपाधि दाबेदारी कायमै राख्ने क्रममा आजै राति सकिएको अर्को खेलमा लिभरपुलले पनि वुल्भ्समाथि २–१ को साँघुरो गोलअन्तरले जित निकाल्यो । लिगमा आफ्नो १०औँ जित दर्ता गराएसँगै लिभरपुलले तालिकामा ३२ अंक जोडेको छ र यो जितले उसलाई तालिकाको चौथो स्थानमा उक्लिन सहयोग पुर्‍याएको छ ।

प्रिमियर लिगमा उपाधि दाबेदार तीन वटै क्लबको जितले शीर्ष स्थानको दौडलाई थप रोचक बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप