अर्थ
सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार नाघ्यो
आइतबार, १३ पुस २०८२, ११ : ००
सारांश
- साताको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्यो, छापावाल सुन २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भयो।
- चाँदीको मूल्य पनि बढेर ४ हजार ८३५ रुपैयाँ पुग्यो।
काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको हो । जुन मूल्य हालसम्मकै उच्च हो ।
सुनको मूल्य २ लाख ७० हजार नाघ्दा चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ ।
यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण