हेटौँडा सडक विस्तार विवाद : आज सर्वोच्चमा सुनुवाइ हुँदै
सारांश
- हेटौँडाको सडक विस्तार विवादबारे सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको छ, जसमा विन्दवासिनी कंसाकारसहित ६ जनाले रिट दायर गरेका छन्।
- सडक विस्तारको क्रममा सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै स्थानीयले दायर गरेको रिटमाथि सुनुवाइ हुँदैछ।
- यसअघि, विभिन्न मितिमा सुनुवाइ स्थगित भएपछि आज कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको छ।
मकवानपुर । हेटौँडा बजार क्षेत्रको सडक विस्तारसँग विवादमा सर्वोच्च अदालतमा सुनुवाइको प्रक्रिया आजका लागि तोकिएको छ । रास्वपा नेतृ एवम् पूर्व सांसद विन्दवासिनी कंसाकारसहित ६ जनाले दायर गरेको रिट निवेदन आज तोकिएको पेसी अघि बढेको हो ।
आजको सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र शान्तिसिंह थापाको इजलासमा पेसी तोकिएको छ । यसअघि पुस २ र असोज ६ गते तेकिएको पेसी हेर्न नमिल्ने र नभ्याइनेमा परेपछि सुनुवाइ स्थगन हुँदै आएको थियो ।
डिभिजन सडक कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय मकवानपुर लगायतका निकायहरूले सडक विस्तार गर्ने प्रक्रिया अघि बढाएपछि सम्पत्तिको अधिकार र मुआब्जाको माग गर्दै मङ्सिर १६ मा स्थानीयहरू सर्वोच्च पुगेका थिए । सडक विभाग, सहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई समेत विपक्षी बनाएर दायर गरेको रिटमा सर्वोच्चले मङ्सिर ९ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
उक्त मुद्दामा मङ्सिर २६ मा पेसी तोक्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गर्दै अल्पकालीन अन्तरिम आदेश समेत दिएको थियो । मङ्सिर २६ गते न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले अन्य आदेश ‘मिसिल झिकाउने आदेश’ जारी गरेको थियो । पुस २ गते तोकिएको पेसीमा न्यायाधीश तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको इजलासमा ‘हेर्न नमिल्ने’ परेको थियो भने पुस ६ गतेको पेसीमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो ।
हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ मिटर (हाल २५/२५ गज) सडक विस्तारका लागि मङ्सिर २० गते रातोमाटेदेखि बुद्ध चोक हुँदै राप्ती पुल (महेन्द्र राजमार्ग) र बुद्ध चोकदेखि चौकीटोल (त्रिभुवन राजपथ)को ९.५ किलोमिटर मध्ये ७ किलोमिटर क्षेत्रको सडक सिमामा रहेका ५०० बढी घरहरू गरेर सडक डिभिजन कार्यालयले जेसिवी प्रयोग भत्काइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण