शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्रको विकासमा नयाँ अध्यायको सुरुवात : अनिल शाह

आइतबार, १३ पुस २०८२, ११ : ५७
आइतबार, १३ पुस २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीचको राजनीतिक एकतालाई अनिल शाहले ऐतिहासिक सम्झौता भनेका छन्।
  • उनले यो एकताले नेपालको राजनीति र समग्र राष्ट्रको विकासमा नयाँ मोड ल्याउने विश्वास व्यक्त गरेका छन्।
  • अनिल शाहले यो एकता निर्वाचनपछिको समृद्ध नेपाल निर्माणको आधार बन्ने बताएका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच भएको बृहत् राजनीतिक एकताको सहमतिलाई पूर्वबैंकर अनिल शाहले ऐतिहासिक सम्झौताको संज्ञा दिएका छन्। 

दुई पक्षबिच औपचारिक हस्ताक्षर भएलगत्तै सामाजिक सञ्जालमार्फत बधाई दिँदै शाहले यो एकताले नेपालको राजनीतिमा मात्र नभई समग्र राष्ट्रको विकासमा नयाँ मोड ल्याउने विश्वास व्यक्त गरेका हुन् । उनले यस ऐतिहासिक कदमका लागि दुवै पक्ष र सम्पूर्ण राष्ट्रलाई शुभकामना समेत दिएका छन्।

यो एकता केवल राजनीतिक समीकरण मात्र नभएर निर्वाचनपछिको समृद्ध नेपाल निर्माणको आधार बन्ने उनको बुझाइ छ । उनले अबको यात्रा पारदर्शी र समुन्नत राष्ट्र निर्माणतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

उनले लेखेका छन्, ‘आज हस्ताक्षर भएको ऐतिहासिक सम्झौताका लागि सम्पूर्ण पार्टी तथा राष्ट्रलाई हार्दिक बधाई। यस एकतासँगै नेपालले आफ्नो राजनीतिक क्षेत्रमा मात्र होइन, निर्वाचनपछि हाम्रो राष्ट्रको विकासमा पनि नयाँ अध्यायको सुरुवात गर्नेछ। समृद्ध र पारदर्शी राष्ट्रका लागि सबै नेपाली जनताको आकाङ्क्षा र सपनाहरू साकार पार्ने यात्राको सुरुवात आजबाट होस् भन्ने हामी सबैले आशा गरौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप