रवि–बालेन सहमति : निर्णायक छलफलमा को-को थिए सहभागी ?
सारांश
- रास्वपा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच सात बुँदे सहमति भएको छ।
- सहमति कमलपोखरीस्थित पूर्वसांसद असिम शाहको कार्यालयमा भएको थियो।
- वार्तामा रास्वपाबाट रवि लामिछाने, डा. स्वर्णिम वाग्ले लगायतको सहभागिता थियो।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भएको सात बुँदे सहमतिको यतिवेला सर्वत्र चर्चा भइरहेको छ ।
यो निर्णायक वार्ता कमलपोखरीस्थित पूर्वसांसद असिम शाह र उनका दाजु आसिफ शाहको चलचित्र निर्माण तथा गीतको भिडियो लागि प्रयोग गरिने कार्यालयमा भएको थियो ।
सहमति अघिको निर्णायक वार्तामा रास्वपाको तर्फबाट सभापति रवि लामिछानेको अलावा डा. स्वर्णिम वाग्ले र शिशिर खनाल सहभागी थिए । अन्तिम समयमा रास्वपा उपसभापति डीपी अर्याल पनि संवादमा थपिएका थिए ।
बालेनको तर्फबाट उनका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, प्रमुख स्वकीय सचिव भूपदेव शाह, सुदीप ढकाल र महानगरका पूर्वाधार सल्लाहकार सुनिल लम्साल वार्तामा सहभागी थिए ।
सहमतिको समयमा रास्वापका पूर्वसांसद असिम शाह र उनका दाजु आशिफ शाहले ‘फेसिलिटेसन’ को काम गरेका थिए । वार्ताका क्रममा साक्षीका रूपमा चर्चित चलचित्र निर्देशक निश्चल बस्नेत र सामाजिक अभियन्ता केपी खनालको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानको रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी
-
ट्रम्पले जेलेन्स्की र नेतान्याहुसँग छुट्टाछुट्टै वार्ता गर्दै
-
श्रीमतीको हत्या प्रयास गर्ने श्रीमान् पक्राउ
-
सुनको मूल्य तोलामा ४ हजार ३०० रुपैयाँ घट्यो, चाँदी पनि सस्तियो
-
आज कर्णालीको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुँदैछन् मङ्गलबहादुर शाही
-
विश्वभरका जेनजी विद्रोहले भारतको युवा आन्दोलनलाई के सन्देश दिन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण