बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा ३ जनालाई साधारण तारेखमा छाड्न विशेष अदालतकाे आदेश

आइतबार, १३ पुस २०८२, १६ : १२
आइतबार, १३ पुस २०८२

काठमाडौँ । विशेष अदालतले कपिलवस्तुको मायादेवी गाउँपालिकाको भ्रष्टाचार मुद्दामा तीन जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको छ । 

आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त इजलासले तत्कालीन लेखापाल तुल्सीराम पौडेल,लेखा सहायक गिरीराज गौतम र लेखा अधिकृत प्रकाश गौतमलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ देखि २०७८/७९ सम्म स्वास्थ्य कार्यक्रमका लागि लिइएका विभिन्न शीर्षकका पेस्की रकममध्ये कुल ४६ लाख ७ हजार ३ सय रुपियाँ बेरुजु भएको र सो रकम हिनामिना गरेको भन्दै तत्कालीन लेखापाल पौडेलसहित सात जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको थियो ।

आयोगले लेखा अधिकृत प्रकाश गौतमविरुद्ध १५ लाख ६० हजार बिगो र जरिवाना र तत्कालीन लेखा अधिकृत तुल्सीराम पौडेलसँग १९ लाख १७ हजार ३ सय रुपैयाँ बिगो जरिवाना र कैद सजायको माग गर्दै भ्रष्टाचार मुद्दा दायर भएको थियो । 

साथै लेखा सहायक गिरीराज गौतमसँग १४ लाख १० हजार बिगो दाबी सहित मुद्दा दर्ता भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप