ब्युँतियो ०८ सालको विद्यार्थी फेडेरेशन
सारांश
- नेकपा (संयुक्त) निकट विद्यार्थीहरूले नरेश न्यौपानेको नेतृत्वमा ५१ सदस्यीय अखिल नेपाल विद्यार्थी फेडेरेशन आयोजक कमिटी गठन गरेका छन्।
- भेलाले आठै प्रदेशमा संयोजक र सहसंयोजक तोकेको छ र माघ मसान्तभित्र राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ।
- फेडेरेशनले शिक्षा प्रणालीका विकृति र सामाजिक न्यायका सवालहरूमा संघर्षका कार्यक्रमहरू सञ्चालन गर्ने बताएको छ।
काठमाडौँ । नेकपा (संयुक्त) निकट विद्यार्थीहरूले नरेश न्यौपानेको नेतृत्वमा ५१ सदस्यीय अखिल नेपाल विद्यार्थी फेडेरेशन आयोजक कमिटी गठन गरेका छन् । शनिबार भएको भेलाले न्यौपानेको नेतृत्वमा ५१ सदस्यीय अखिल नेपाल विद्यार्थी फेडेरेसन आयोजक कमिटी गठन गरेको हो ।
‘हामीले नेपाली विद्यार्थी आन्दोलनको सङ्घर्षपूर्ण अर्थात् स्थापनाकालको साझा नाम “अखिल नेपाल विद्यार्थी फेडेरेशन“ को नामबाट विद्यमान विद्यार्थी आन्दोलनलाई नयाँ गतिका साथ अघि बढाउने योजना बनाएका छौँ’, संयोजक न्यौपानेको भनाइ छ ।
नेकपा संयुक्तका सङ्गठन विभाग प्रमुख डा. विजयकुमार पौडेल, नेताहरू केदार शर्मा, लगायतको उपस्थितिमा सम्पन्न भेलाले आठै प्रदेशमा संयोजक र सहसंयोजक पनि तोकेको छ ।
‘देशव्यापी सङ्गठन विस्तारका निम्ति ५१ सदस्यीय सम्मेलन आयोजक कमिटी निर्माण गरिएको छ । माघ मसान्तभित्र वास्तविक विद्यार्थीका बिचमा आवश्यक उमेर हद कायम गरेर राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरिएको हो’, न्यौपानेको भनाइ छ ।
फेडेरेशनले नेपालको समग्र शिक्षा प्रणालीमा देखिएका विकृति विरुद्ध चरणबद्ध खबरदारी सुरु गर्ने तथा सामाजिक न्यायका सवालहरूमा सङ्घर्षका कार्यक्रमहरू सञ्चालन गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण