सम्मानजनक र स्वाभिमान सहितको एकता गर्न तयार छौँ : कुलमान घिसिङ
पोखरा । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले देशको अवस्था परिवर्तनका लागि वैकल्पिक शक्तिहरूबिच एकता हुनुपर्नेमा जोड दिएका छन् ।
आइतबार पोखरामा आयोजित पार्टीको कास्की जिल्ला भेलालाई सम्बोधन गर्दै घिसिङले पुराना दल र पुरानै प्रवृत्ति सत्तामा दोहोरिए देशमा भएको बलिदान र आन्दोलनको कुनै अर्थ नरहने बताए ।
जेनजी आन्दोलन पछिको परिवर्तनलाई संस्थागत गर्न र आगामी चुनावमार्फत सही नेतृत्व चयन गर्न सबै नयाँ तथा वैकल्पिक शक्तिहरू एक ठाउँमा उभिनुपर्ने आवश्यकता उनले औँल्याए । घिसिङले अबको परिवर्तन ब्यालेटबाटै गर्नुपर्ने बताए ।
‘चुनाव पछिको सरकार कस्तो बन्छ भन्ने विषय महत्त्वपूर्ण छ । यदि हिजोकै सरकार र हिजोकै अवस्था दोहोरियो भने यत्रो सहिदहरूको बलिदान र संरचनाहरूको विनाशको कुनै अर्थ रहँदैन,’ घिसिङले भने, ‘त्यसका लागि फागुन २१ लाई प्रस्थान विन्दु मानेर परिवर्तनको अभियान सुरु गर्नुपर्छ ।’
उनले उज्यालो नेपाल पार्टी एकता विरोधी नभएको प्रस्ट पारे । ‘हामी एकता विरोधी होइनौँ । सबैलाई एक बनाएर, सही नेतृत्व र वैकल्पिक शक्तिहरू एक भएर जानुपर्छ भन्ने हाम्रो चाहना हो,’ उनी भन्छन्, ‘उज्यालो नेपाल पार्टी सदैव सम्मानजनक उपस्थिति र आफ्नो स्वाभिमानलाई यथास्थितिमा राखेर, त्यसलाई नमेटाईकन सबैसँग सहकार्य गर्न तयार छ ।’
घिसिङले पूर्ण पार्टी एकता सम्भव नभए कार्यगत एकता वा चुनावी तालमेल गरेर जान सकिने तर्क गरेका छन् । उनले नेपाली जनताको चाहना पनि वैकल्पिक शक्तिहरू एक होस् र नयाँ नेतृत्व आओस् भन्ने रहेकोले सोही अनुरूप अगाडि बढ्न अन्य दलहरूलाई समेत आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण