राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारकाे खर्च सीमा तोकियो, कुन शीर्षकमा कति ?
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ ।
आइतबार आयोगले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको हो ।
आयोगका अनुसार राष्ट्रिय सभासदस्य निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजारसम्म खर्च गर्न पाउने गरी सीमा तोकेको हो ।
'आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का उम्मेदवारले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ को उपदफा (१), राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६५ तथा राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपदफा (१) बमोजिम रु. ३,५०,०००।– (तीन लाख पचास हजार) कायम गर्ने तथा उल्लिखित खर्च देहायका शीर्षकमा गर्न सकिने व्यहोरा सरोकारवाला सबैमा जानकारी गराइन्छ,'आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण