स्मृति मंधाना बनिन् अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्ने चौथो महिला खेलाडी
सारांश
- स्मृति मंधानाले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गरिन्।
- भारत र श्रीलंकाबीचको चौथो टी-ट्वान्टी खेलमा उनले यो कीर्तिमान बनाइन्।
- चौथो खेलमा भारतले श्रीलंकालाई ३० रनले पराजित गर्यो, शृङ्खलामा ४-० को अग्रता कायम गर्दै।
काठमाडौँ । भारतीय महिला क्रिकेट टोलीकी स्टार ब्याटर स्मृति मंधानाले अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेकी छन् ।
भारत र श्रीलंकाबिच तिरुवनन्तपुरममा सम्पन्न चौथो महिला टी–ट्वान्टी खेलमा उनले यो कीर्तिमान बनाएकी हुन् । मंधाना यो उपलब्धि हासिल गर्ने चौथो महिला क्रिकेटर बनेकी छन् ।चौथो टी–ट्वान्टी खेलमा मंधानाले ८० रनको शानदार पारी खेलिन् । यससँगै उनी भारतकी मिताली राज, न्युजिल्यान्डकी सूजी बेट्स र इंग्ल्यान्डकी शार्लेट एडवर्ड्सको सूचीमा सामेल भइन् ।
टस जितेर श्रीलंकाले पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको भारतले स्मृति मंधाना र शेफाली वर्माको उत्कृष्ट साझेदारीमा पहिलो विकेटका लागि १६२ रन जोड्यो । शेफाली वर्माले ७९ रन बनाउँदै आक्रामक पारी खेलिन् ।
भारतले श्रीलंकालाई जितका लागि २२२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले ६ विकेटको क्षतिमा १९१ रन मात्र बनाउन सक्यो । यससँगै भारतले चौथो खेल ३० रनले जितेको हो । पाँच खेलको टी–ट्वान्टी शृङ्खलामा भारतले लगातार चौथो जित दर्ता गर्दै ४–० को अग्रता बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण