रोनाल्डो मध्यपूर्वको वर्ष खेलाडी घोषित
सारांश
- क्रिस्टियानो रोनाल्डोलाई 'मिडल इस्ट प्लेयर अफ द इयर' अवार्ड प्रदान गरियो।
- उनले आफ्नो खेल जीवनमा थप उपाधि थपेका छन् र हजार गोल गर्ने लक्ष्य राखेका छन्।
- रोनाल्डोले आफू अझै धेरै जित हासिल गर्न इच्छुक रहेको बताए, र सन्यासको हल्लालाई शान्त पारे।
दुबई । पोर्चुगिज फुटबल आइकन क्रिस्टियानो रोनाल्डोले आफ्नो असाधारण खेल जीवनमा अर्को एउटा प्रतिष्ठित उपाधि थपेका छन्।
आइतबार राति दुबईमा आयोजित ‘ग्लोब सकर अवार्ड्स २०२५’ मा रोनाल्डोलाई 'मिडल इस्ट प्लेयर अफ द इयर' (मध्यपूर्वको वर्ष खेलाडी) बाट सम्मानित गरिएको छ। विश्वका दिग्गज फुटबलर, क्लब कार्यकारी र खेल जगत्का विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा रोनाल्डोले यो अवार्ड ग्रहण गरेका हुन्।
मध्यपूर्वको फुटबलमा आबद्ध भएदेखि नै रोनाल्डो त्यहाँको फुटबल उदयको मुख्य अनुहार बन्दै आएका छन्। मैदानभित्रको उत्कृष्ट प्रदर्शन, नेतृत्वदायी भूमिका र निरन्तरको गोल वर्षाले उनलाई यो उपाधिको हकदार बनाएको हो।
अवार्डले उनको खेल कौशल मात्र नभई समग्र क्षेत्रको फुटबललाई विश्वव्यापी स्तरमा चिनाउन उनले पुर्याएको योगदानलाई समेत कदर गरेको छ। अवार्ड प्राप्त गरेपछि मञ्चबाट सम्बोधन गर्दै रोनाल्डोले व्यक्तिगत उपलब्धिले आफ्नो भोक नमेटाएको र अझै धेरै जित हासिल गर्ने इच्छा बाँकी रहेको प्रष्ट पारेका छन्।
सम्बोधनका क्रममा रोनाल्डोले आफ्नो भविष्यको महत्त्वाकांक्षी योजनाबारे पनि मुख खोलेका छन्। उनले कुनै हिचकिचाहटबिना आफू १ हजार गोलको ऐतिहासिक कोशेढुङ्गामा पुगेरै छाड्ने दृढता व्यक्त गरे। यदि चोटपटकले बाधा पुर्याएन भने यो लक्ष्य निश्चित रूपमा पूरा हुने दाबी गर्दै उनले तत्कालै सन्यास लिने हल्लालाई समेत शान्त पारिदिएका छन्। ‘मेरो लक्ष्य अझै पनि गोल गर्ने, ट्रफी जित्ने र नयाँ व्यक्तिगत लक्ष्यहरूका लागि आफूलाई अगाडि बढाइरहने नै हो,’ ३९ वर्षीय फरवार्डले भनेका छन्।
सोही समारोहमा विश्व टेनिसका महान् खेलाडी नोभाक जोकोभिचलाई पनि ‘ग्लोब स्पोर्ट्स अवार्ड’ बाट सम्मानित गरिएको थियो। जोकोभिचलाई यो अवार्ड स्वयम् रोनाल्डोले नै प्रदान गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण