एमबीबीएस अध्ययनका लागि सिरहाका साफीलाई थापाले गरिन् १ लाख ५ हजार सहयोग
सिरहा । सिरहा जिल्लाको बरियारपट्टी गाउँका सत्यनारायण साफीले कठिन सङ्घर्षलाई सफलतामा रूपान्तरण गर्दै नेपाली युवाहरूका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरेका छन् । दैनिक ज्यालादारी मजदुरी गर्दै आफ्नो र परिवारको जीविका चलाउँदै आएका साफी पूर्ण छात्रवृत्तिमा एमबिबिएस अध्ययन गर्न सफल भएका हुन् ।
आर्थिक अभाव, सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि अध्ययनप्रति देखाएको अठोट, निरन्तर मेहनत र अदम्य धैर्यले उनलाई चिकित्सक बन्ने मार्गमा डोर्याएको छ। संघर्षपूर्ण जीवनयात्राबाट प्राप्त यस उपलब्धिले समाजमा आशा, सम्भावना र सकारात्मक सन्देश प्रवाह गरेको छ।
उनको असाधारण सफलतालाई कदर गर्दै नेपाली कांग्रेस मधेसकी युवा नेत्री शर्मिला थापाले सत्यनारायण साफीलाई रु १ लाख ५ हजार आर्थिक सहयोग प्रदान गरेकी छन् । सहयोग प्रदान गर्दै थापाले साफीको साहस, समर्पण र निरन्तर सङ्घर्षलाई सम्मान गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको बताइन् ।
उक्त सहयोग वितरण कार्यक्रममा नेपाली कांग्रेस मधेस प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेशकुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोदकुमार यादव, वडाअध्यक्ष राम खेलावन दास, देवप्रसाद यादव (प्राथमिक विद्यालय शिक्षक), स्थानीय युवा नेता सुमनकुमार यादव, जिल्ला खेलकुद विकास समिति सर्लाहीका अध्यक्ष रोजित केसी ,समाजसेवी नारायण गुरुमा सहभागी थिए । साथै स्थानीय बुद्धिजीवी, शिक्षक र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण