राष्ट्रिय भलिबल प्रतियोगिता : आर्मी क्वाटरफाइनलमा प्रवेश
काठमाडौँ । नवौँ एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
आर्मीले कीर्तिपुरमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ तथा तेस्रो तथा अन्तिम सेट २५–२१ ले जित निकाल्यो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल सङ्घलाई पराजित गरेको थियो ।
त्यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लब पनि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको हो ।
पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ ले जित निकाल्यो । समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले पहिलो खेलमा बूढानीलकण्ठ भलिबल क्लबलाई ३–० सेटले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण