राप्रपाबाट समानुपातिकको एक नम्बरमा खुश्बु ओली
सोमबार, १४ पुस २०८२, २१ : ४२
सारांश
- राप्रपाले फागुन २१ को निर्वाचनका लागि खुश्बु ओलीलाई समानुपातिकतर्फ खस-आर्य महिला कोटामा सिफारिस गरेको छ।
- पार्टी बैठकले ओलीको नाम पहिलो नम्बरमा राख्दै निर्वाचन आयोगमा बन्दसूची पठाउने निर्णय गरेको छ।
- यसअघि ओलीलाई काठमाडौं-९ बाट प्रत्यक्षतर्फ सिफारिस गरिए पनि अहिले समानुपातिकमा राखिएको हो।
काठमाडौं । फागुन २१ को निर्वाचनका लागि समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले खस–आर्य महिला कोटामा नेतृ खुश्बु ओली पहिलो नम्बरमा राखेको छ।
राप्रपाको सोमबार बसेको बैठकले उनको नाम पहिलो नम्बरमा राख्दै निर्वाचन आयोगमा बन्दसूची पठाउने निर्णय गरेको एक नेताले बताए ।
पार्टीकी केन्द्रीय सदस्य ओलीको नाम यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षमा सिफारिस गरेको थियो । तर अहिले पार्टीले उनको नाम समानुपातिकमा राखेर बन्दसूची पठाएको हो । पार्टीभित्र उनी स्पष्ट वक्ताको रुपमा परिचित छिन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण