धनुषाका बेरोजगार युवायुवतीलाई सीपमूलक तालिम
सारांश
- जानकी महिला जागरण समाज धनुषाले ३५० युवायुवतीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाएको छ।
- संस्थाले १६२ जनालाई आर्थिक सहयोग गरी व्यवसाय गर्न प्रेरित गरेको छ।
- प्लान इन्टरनेशनल नेपालले नेपालमा सन् १९७८ देखि काम गर्दै आएको छ।
जनकपुरधाम । जानकी महिला जागरण समाज धनुषाले विगत दुई वर्षमा जिल्लाका पाँच स्थानीय तहका ३५० युवायुवतीलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाएको छ । तालिम लिने मध्येका १९६ जनाले रोजगारी प्राप्त गरेका छन् ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सवैला, कमला, सहिद, विदेह नगरपालिका र जनकनन्दनी गाउँपालिकाका युवायुवतीलाई व्यवसायमूलक तथा दक्षता अभिवृद्धिसम्बन्धी तालिम दिएर रोजगारमूलक तथा व्यवसायमुखी बनाएको जनाइएको छ ।
सो संस्थाले १६२ जना युवायुवतीलाई जनही रु ८३ हजार आर्थिक सहयोग गरी व्यवसाय गर्न प्रेरित गरेको संस्थाका अध्यक्ष मन्दाकिनी कर्णले जानकारी दिनुभयो । उक्त संस्थाद्वारा आज जनकपुरधाममा दक्ष युवा परियोजना जिल्लास्तरीय परियोजना समापन बैठक आयोजना गरेको थियो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले सरकारको उद्देश्य तथा लक्ष्य पूरा गर्न गैरसरकारी संस्थाहरूले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
प्लान इन्टर नेशनल नेपालले सन् १९७८ बाट नेपालमा काम गर्दै आएकामा हाल साझेदार संस्थामार्फत मधेस प्रदेशको चार जिल्लासहित १३ जिल्लामा काममा गर्दै आएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण