मुम्बईमा अनियन्त्रित बसले किच्दा चार जनाको मृत्यु, नौ जना घाइते
सारांश
- मुम्बईको भान्डुप पश्चिम स्टेसन रोडमा बेस्ट बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ।
- बस पछाडि सार्ने क्रममा अनियन्त्रित भई पैदलयात्रीलाई किच्दा दुर्घटना भएको थियो, जसमा नौ जना घाइते छन्।
- प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ, र मृतकको संख्या बढ्न सक्ने अनुमान छ।
मुम्बई । भारतको मुम्बईस्थित भान्डुप पश्चिम स्टेसन रोड क्षेत्रमा मंगलबार राति एउटा सार्वजनिक बेस्ट बसको ठक्करबाट चार जनाको मृत्यु भएको छ। बस पछाडि सार्ने क्रममा अनियन्त्रित भई पैदलयात्रीहरूलाई किचेपछि सो क्षेत्रमा भागदौड र मच्चिएको थियो।
दुर्घटनामा अन्य नौ जना यात्रु घाइते भएको प्रारम्भिक अनुमान गरिएको छ। राति करिब १० बजे भएको यस दुर्घटनाको जानकारी पाउने बित्तिकै मुम्बई दमकल, प्रहरी, बेस्टका कर्मचारी र एम्बुलेन्स घटनास्थलमा पुगेका थिए।
घाइतेहरूलाई उपचारका लागि भान्डुप र घाटकोपरस्थित राजावाडी अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार एक महिलालाई अस्पताल पुर्याउनुअघि नै मृत घोषित गरिएको थियो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान सुरु गरेको छ।
मृतक र घाइतेको सङ्ख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले घटनास्थलमा पुगेर उद्धार कार्यको नेतृत्व गरेका थिए।
मुम्बईमा बेस्ट बस दुर्घटना भएको यो पहिलो घटना भने होइन। गत वर्षको डिसेम्बरमा पनि कुर्ला क्षेत्रमा एउटा अनियन्त्रित बसले २२ वटा सवारी साधन र पैदलयात्रीलाई ठक्कर दिँदा ९ जनाको ज्यान गएको थियो भने ४२ जना घाइते भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बम्पर चिठ्ठा’ निर्माण घोषणा
-
भूकम्पपछि उद्धार गरिएका सयौँ घरपालुवा जनावर आफ्ना परिवार खोज्दै
-
‘सिन्दुरे जात्रा’को छायाङ्कन पुनः सुरु
-
कलैयामा मिनी ट्रक दुर्घटना : एकको मृत्यु, चालक पक्राउ
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण