‘अवतार’ ले नेपालमा कति कमायो ?
काठमाडौँ । हलिउड फिल्म ‘अवतारः फायर एण्ड एस’ (अवतार ३) ले नेपालमा ४ करोड बढी कमाउन सफल भएको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्सअफिस रिपोर्टमा ‘अवतार ३’ले ४ करोड ६५ लाख ७५ हजार ४७० नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा यो फिल्मको टिकट भने १ लाख १४ हजार ३१ वटा बिक्री भएको छ । बक्सअफिसमा गत शनिबार रातिसम्मको व्यवसाय समेटिएको छ ।
जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर)बाट प्रदर्शनमा आएको थियो । फिल्मको बजेट २५ करोड अमेरिकी बताइएको थियो ।
‘अवतार’ पहिलो श्रृखलादेखि नै काल्पनिक पाण्डोरा ग्रहमा पृथ्वीबाट जाने अमेरिकी सैनिकहरूले उक्त ग्रहलाई उपनिवेश तुल्याउन, महँगा खनिज खोज्न र आदिवासीलाई लखेट्न गर्ने संघर्षको कथा पस्किँदै आएको छ । जसमा पाण्डोराका आदिवासी आफ्नो थातथलो र पहिचान जोगाउन संघर्ष गर्छन् ।
अवतारको अर्काे श्रृखला ‘अवतार ४’ २०२९ डिसेम्बर २१ र पाँचौं श्रृंखला ‘अवतार ५’ २०३१ डिसेम्बर १९ मा प्रदर्शनमा आउने बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण