स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न सक्दैनन् : मीन विश्वकर्मा
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न नसक्ने बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा नेता विश्वकर्माले एमालेको महाधिवेशनले स्पष्ट दुई सन्देश दिएको बताए ।
‘एमालेको ११ औँ महाधिवेशनले स्पष्ट दुई सन्देश दिएको छ । पहिलो अस्थायी रूपमा त्रास दिनेहरू विरुद्ध राजनीतिक दलहरू जुरमुराए भन्ने सन्देश छ,’ विश्वकर्माले भने, ‘दोस्रो स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न सक्दैनन् भन्ने सन्देश दिएको छ ।’
विश्वकर्माले एमाले र कांग्रेसमा आस्था राख्नेहरूमाथि झुक्याइ–झुक्याइ आक्रमण भइरहेको समेत बताए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको घटनाबारे धारणा राख्दै अहिले नेपालीहरू आगो लागेको घरबाट बाहिर निस्केको बताए ।
‘हामी आगो लागेको घरबाट बाहिर निस्केका छौँ । आगो निभेको छैन,’ विश्वकर्माले भने । उनले मुलुकमा लागेको आगो निभाउनुनै अहिलेका लागि कांग्रेस एमालेको कर्तव्य भएको बताए ।
गत भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नरहेको बताउँदै विश्वकर्माले त्यो घटना विचारविहीन बुख्याचाहरूको भिडले निम्त्याएको बताए ।
विश्वकर्माले कांग्रेस मुद्दासँग सहकार्य गर्ने भन्दै मुद्दाका पक्षमा सहकार्य गर्न प्रस्ताव समेत राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण