ओली भन्छन्– हल्ला छ पूर्वप्रधानमन्त्रीसँग पनि बयान लिइने, यो चुनावको वातावरण हो ?
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको घटनालाई क्रान्ति भनिएपनि प्रतिक्रान्तिकारी, अलोकतान्त्रिक र देशद्रोहीहरूको व्याख्यामात्र भएको बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार काठमाडौँमा गरेको ‘एमालेको ११औँ महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
‘यो कुनै पवित्र हुनै सक्दैन । क्रान्ति भनेको पवित्र चिज हो, जसले पवित्र परिवर्तन ल्याउँछ’, ओलीले भने,‘झुठा लाल्छना लगाउने, झुठा बखान गर्ने र मानमर्दन गर्ने शृङ्खला चलिरहेका थिए, जानीबुझी तँ भनेर अपशब्द बोलेर मानमर्दन गर्ने घृणाको राजनीति भइरहेको थियो ।’
उनले अराउखटाउका ज्यालादारीहरू त्यसरी कराउने गरेको भन्दै संविधानअनुसार अहिलेको सरकार बनाउनै नमिल्ने र यो सरकार बनाउँदा संविधान मिचिएको बताए ।
उनले नेकपा एमालेले लोकतन्त्रको रक्षा गर्ने र त्यस्ता नागरिकको नेतृत्व एमालेले मात्र गर्न सक्ने बताए ।
निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरू चुनावमा सहभागी हुने तर चुनावी वातावरण नबनेको भन्दै पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान लिएर सरकारले मानमर्दन गरेको बताए ।
‘हल्ला चलेको छ,पूर्वप्रधानमन्त्रीसँग पनि बयान लिने, यो चुनावको वातावरण बनेको हो र ? पासपोर्ट रोक्का’, ओलीले प्रश्न गर्दै भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण