शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

अविलम्ब संसद् विघटनसम्बन्धी मुद्दाको फैसला गरियोस् : केपी ओली

मङ्गलबार, १५ पुस २०८२, १७ : २८
मङ्गलबार, १५ पुस २०८२

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनसम्बन्धी मुद्दाको अविलम्ब छिटो फैसला गर्न सर्वोच्च अदालतसँग आग्रह गरेका छन् ।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशलाई अप्ठ्यारो अवस्थाबाट पार लगाउन पनि सर्वोच्च अदालतले सो मुद्दाको फैसला छिटो गर्नुपर्ने बताएका हुन् । 

ओलीले समयमा न्याय नदिनु वा विलम्ब गरी न्याय दिनु भनेको न्याय नदिनु सरह हो भन्ने कुरालाई मनन गरेर अदालतले सो मुद्दाको फैसला तत्काल गर्न आवश्यक रहेको जिकिर समेत गरे । 

उनले अदालतले संसद् पुनर्स्थापनाको फैसला गर्नुबाहेक अर्को बाटो नरहेको पनि दोहोर्‍याए । अध्यक्ष ओलीले एमाले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा स्पष्ट र दृढ रहेको अडान राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप