बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

एमाले नेता वासुदेव घिमिरेद्वारा पार्टी परित्यागको घोषणा

मङ्गलबार, १५ पुस २०८२, २२ : ४४
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • एमाले नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन्।
  • उनले फेसबुकमार्फत आफू पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराए।
  • घिमिरेले पुराना राजनीतिक दलहरूले जनताको इच्छा सम्बोधन नगरेको बताए।

काठमाडौँ । नेकपा (एमाले) का नेता वासुदेव घिमिरेले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक वक्तव्य जारी गर्दै आफू आजको दिनदेखि पार्टीको जिम्मेवारीबाट अलग भएको जानकारी गराएका हुन् ।

घिमिरेले देशप्रति अविचलित निष्ठा, सुशासन, विकास र समृद्धि राजनीतिको अनिवार्य सर्त भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट मुलुकका आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने अवस्था नदेखिएको निष्कर्ष निकालेका छन्। यही कारणले आफू संलग्न रहेको पार्टीको जिम्मेवारीबाट अलग हुने निर्णयमा पुगेको उनले बताएका छन् ।

‘पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वले मुलुकको आम जनताको इच्छा र चाहनालाई सम्बोधन गर्ने  अवस्था नदेखिएकोले आजको दिन देखि म संलग्न रहेको पार्टीको जिम्मेवारी देखि अलग रहेको छु ।’ उनले लेखेका छन् ।

Basu ghimire post

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप