रास्वपाको समानुपातिक सूचीप्रति तोसिमाको असन्तुष्टि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ तोसिमा कार्कीले पार्टीले छनोट गरेको समानुपातिक सूचीप्रति असन्तुष्टि जनाएकी छिन् । सामाजिक सञ्जालमार्फत उनले विपन्नलाई स्थान नदिएको भन्दै आपत्ति जनाएकी हुन् ।
'समानुपातिकको अवधारणा नै भौगोलिक विकटताले ठाउँ पाओस्, पहुँच र पावर नभएका तर सक्षमहरूले प्रतिनिधित्व पाउन् भनेर राखिएको हो। सुचीले विपन्नलाई पनि ठाउँ दिनुपर्छ। सुचीले कर्णाली बोल्नुपर्छ। सुदूरपश्चिम बोल्नुपर्छ। सुचीले गाउँ बोल्नुपर्छ। तर पार्टीको नेतृत्वका आफन्तहरू र पार्टीको भाईटल पोस्टमा हुनेहरू नै समानुपातिक सुचीको लागी आकाङ्क्षी हुनु र त्यहीँ आफ्नो स्पेस बनाउनु,बनाईनुले समानुपातिक प्रविधिको औचित्यमाथि नै प्रश्न गरेको छ', उनले भनेकी छिन् ।
पार्टीको सचिवालय र पदाधिकारीहरूलाई समानुपातिकमा राख्न नहुने पनि उनले बताएकी छिन् । उनले भनेकी छिन् -'फेरी विरोधी भएजस्तो सुनिएला तर पार्टीको सचिवालय सदस्य र पदाधिकारीहरू भनेको सधैँ पोसिसन अफ बेनिफिटमा हुन्छन्। चाहे प्राईमेरीको भोटिङमा होस् या ईभालुएसनमा। पार्टीको महाअधिवेशन नभएसम्मको अवस्थामा आजको दिन सम्म पदाधिकारी या सचिवालय दुबै निर्वाचन बाट बनेको होइन, पार्टी भित्र पनि पदमा बस्ने अनि निर्वाचनमा पनि समानुपातिक सुचीमा ! त्यो पनि प्राईमेरी भोटिङकै धज्जी उडाउँदै अग्रपङ्तिमा नाम सुरक्षित गरिने, यो प्रवृत्ति पुराना दलभन्दा धेरै फरक देखिएन। '
सबै पदाधिकारी तथा सचिवालय सदस्यहरूले आआफ्नो नाम समानुपातिकको सूचिबाट हटाएर प्रत्यक्ष चुनाव लड्ने हिम्मत गर्नुपर्ने उनले उल्लेख गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोलिभियामा सङ्कटकालको घोषणा
-
इजरायली नागरिक भन्छन्ः हामीलाई राष्ट्रपति ट्रम्पले धोखा दिए
-
शुक्रराज अस्पतालमा सर्पदङ्शका २७९ जना बिरामी
-
१० बजे १० समाचार : रास्वपा महाधिवेशनको अन्तिम तयारीदेखि पूर्वगोर्खा सैनिकमाथि आक्रमणसम्म
-
इराकमा दुई महिनाभित्र तेल उत्पादन पुरानै स्तरमा फर्किने
-
सफाइकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’ लाई सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण