अपडेट
आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
बुधबार, १६ पुस २०८२, १० : ५२
सारांश
- बुधबार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको छ।
- चाँदीको मूल्य पनि घटेर तोलामा ४ हजार ४७० रुपैयाँ कायम भएको छ।
- अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा सुनचाँदीको मूल्यमा फेरबदल भएको हो।
काठमाडौँ । स्थानीय बजारमा बुधवार सुनको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधवार सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ घटेको छ । यसअघि मंगलबार पनि सुनको मूल्यमा भारी गिरावट आएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ । मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६२ हजार १०० र सोमबार २ लाख ७० हजार रुपैयाँ कायम भएको थियो । यस्तै आइतबार २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च भएकामा सुनको मूल्य पुनः घट्न पुगेको हो ।
यस्तै बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ९५० रुपैयाँ पुगेको चाँदीको मूल्य बुधवार घटेर ४ हजार ४७० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमा घटबढ हुँदा सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि फेरबदल हुँदै आएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण