हलिउड अभिनेता क्लुनीको परिवारले पायो फ्रान्सेली नागरिकता
सारांश
- अमेरिकी अभिनेता जर्ज क्लुनी र उनको परिवारलाई फ्रान्स सरकारले नागरिकता प्रदान गरेको छ।
- क्लुनी परिवारले सन् २०२१ मा किनेको फ्रान्सको फार्म हाउसलाई मुख्य बसोबास बनाएको छ।
- क्लुनीले हलिउडको तामझामबाट टाढा आफ्ना सन्तानलाई फ्रान्समा सामान्य जीवन बिताउन चाहेका छन्।
पेरिस । प्रख्यात अमेरिकी अभिनेता जर्ज क्लुनी, उनकी पत्नी तथा मानवअधिकारवादी वकिल अमल क्लुनी र उनीहरूका दुई सन्तानलाई फ्रान्स सरकारले नागरिकता प्रदान गरेको छ । फ्रान्सेली सरकारका आधिकारिक निर्णयहरू प्रकाशित हुने ‘जर्नल अफिसियल’ मार्फत क्लुनी परिवारले नागरिकता पाएको तथ्य सार्वजनिक गरिएको हो।
सन् २०२१ मा खरिद गरेको दक्षिण फ्रान्सको ब्रिग्नोल्सस्थित एउटा फार्म हाउसलाई यो परिवारले आफ्नो मुख्य बसोबासको थलो बनाउँदै आएको छ । स्थानीय मेयर डिडियर ब्रेमन्डले क्लुनी परिवारले फ्रान्सेली नागरिकता
लिनु फ्रान्सप्रतिको उनीहरूको प्रेमको प्रमाण भएको बताएका छन्। उनले क्लुनी परिवार निकै सरल र मिलनसार भएको उल्लेख गर्दै त्यहाँ उनीहरू सामान्य नागरिक सरह जीवन बिताउन चाहेको जानकारी दिए।
यसअघि एक अन्तर्वार्तामा जर्ज क्लुनीले हलिउडको तामझाम र पापाराजीको घेराबाट आफ्ना सन्तानलाई जोगाउन अमेरिकाको लस एन्जलस छोडेर फ्रान्स सर्ने निर्णय गरेको बताएका थिए ।
क्लुनीका अनुसार फ्रान्सको फार्म हाउसमा आफ्ना जुम्ल्याहा सन्तान एलेक्जेन्डर र एलाले आइप्याडमा समय बिताउनुको साटो वयस्कहरूसँगै खाना खाने र आफ्नो काम आफैँ गर्ने जस्ता व्यावहारिक जीवन बिताइरहेका छन्।
उनीहरूका सन्तानको जन्म सन् २०१७ मा लन्डनमा भएको थियो भने अमलको जन्म लेबनानमा भई बेलायतमा हुर्किएकी थिइन् । फ्रान्सेली जीवनशैलीमा ढल्किने क्रममा जर्ज क्लुनीले श्रीमती र छोराछोरीको फ्रान्सेली भाषा उत्कृष्ट रहेको तर आफ्नो भाषा भने ‘खराब’ रहेको ठट्टा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा प्रहार भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण