अत्यधिक चिसोका कारण सिरहामा वृद्धको मृत्यु
सिरहा । सिरहामा केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण एक जना वृद्धको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका–८ का ६० वर्षीय शिवदयाल सदायको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।
लामो समयदेखि मधुमेह र दम रोगबाट पीडित सदायको बुधबार बिहान आफ्नै घरमा मृत्यु भएको उनकी श्रीमती फेकनी देवी सदायले जानकारी दिइन् ।
विपन्न परिवारका सदायको घरमा न्यानो कपडा र जाडो छल्ने राम्रो व्यवस्था नहुँदा चिसो सहन नसकेर ज्यान गएको वडा सदस्य तनुकलाल महतोले बताए ।
आर्थिक अवस्था अत्यन्तै कमजोर रहेका सदायको मृत्युपछि अन्तिम संस्कारका लागि शव जलाउन दाउरा समेत नभएपछि नेपाली सेनाले दाउरा सहयोग गरेको छ ।
केही दिनदेखि तराईमा बढेको बाक्लो कुहिरो र चिसो हावाका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेसँगै विपन्न र दलित बस्तीहरूमा न्यानो कपडा र आगो ताप्ने दाउराको अभाव देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकछेउको भान्सा : तीर्थयात्राको संस्कृति
-
काभ्रेको नदी-तटीय क्षेत्रमा मौसम मापन उपकरण राखिँदै
-
गाउँको ‘सापटी’ चलनलाई प्रविधिमा ढालेर भारतमा तहल्का मच्चाउने दीपेश
-
नेपालको आँखा स्वास्थ्य सेवामा फड्कोः ‘गुणस्तर सुनिश्चित प्रणाली कार्यान्वयन’ गरिँदै
-
ट्युनिसयाविरुद्ध स्विडेनको सहज जित
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञसँग छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण