आगामी निर्वाचनमा सबै मिलेर लागौँ : पशुपतिशमशेर जबरा
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबराले आगामी निर्वाचनमा धेरै भन्दा धेरै सिट जित्नेगरी निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् । राप्रपा र राप्रपा, नेपालबीचको एकता सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आउने चुनावको सामना गर्नसक्ने आँट सबैभन्दा ठूलो कुरा भएको बताए । उनले आगामी निर्वाचनमा सबै मिलेर लाग्नुपर्ने बताए । सबै मिलेपछि महत्वपूर्ण जित निकाल्न सकिने उनको जिकिर छ । हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा प्रयत्न गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘अब आउने चुनाव सामना गर्ने आँट हाम्रो सबैभन्दा ठूलो कुरा हो । त्यसमा हामी सबै मिलेर लागौँ । कमल थापाजीलाई म स्वागत गर्दछु । हामी सबै मिलेपछि महत्वपूर्ण जित निकाल्नेछौँ । हामीले हरेक नगरपालिका, गाउँपालिका, हरेक जिल्ला, हरेक निर्वाचन क्षेत्रमा जित्ने प्रयत्न गर्नुपर्छ । तर जहाँ हाम्रो सम्भावना दरो छ, जहाँ जित्ने निर्वाचन क्षेत्र छ, त्यसमा हामी लागि पर्नुपर्छ ।’
पूर्वअध्यक्ष जबराले सबै नेताहरु निर्वाचनमा केन्द्रित भएर लाग्नुपर्नेमा जोड दिए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण